काठमाडौं : हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ ।
माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो ।
प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नेताहरू कार्यान्वयनमा जुटेका थिए ।
अब फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।