प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसंगै नेकपाको विवादले बैठक नै प्रभावित
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन।
पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको हो। गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनित गर्ने प्रा...







