कोरोना अस्पताल चोरी काण्डका कर्मचारीविरूद्ध उजुरी हाल्दै कांग्रेस
चितवन : भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको जिन्सी अपचलन चोरीकाण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरेका छन् । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने निर्णय गरेका छन् ।
शनिबार महानगरपालिका उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यहरुको भेलाले उक्त घटनामा मु...









