काठमाडौं  :  नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। आज शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्।

‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दोरहेछ नि,’ उनले भने, ‘त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन रु नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’