
कुरिनटार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चितवन निर्बाचन क्षेत्र नं २ ( क) प्रदेशको इन्चार्जमा इच्छाकामनाका प्रकाश अधिकारी चयन हुनुभएको छ ।
साथै इच्छाकामनाकै कृष्ण सिलवाल प्रदेश निर्बाचन बिभाग सदस्य , राम प्रसाद बोहरा समाज कल्याण बिभाग र रामहरि कंडेल श्रम तथा रोजगार बिभाग सदस्य चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको १६ फागुन २०७६ शुक्रबारका दिन बसेको चौथो पूर्ण बैठकले ३० विभागको विभागीय जिम्मेवारी तोकेका थिए ।