राजनीति

पूर्वडीआईजी रमेश खरेलले आज नयाँ पार्टी घोषणा गर्दै

पूर्वडीआईजी  रमेश  खरेलले आज नयाँ पार्टी घोषणा  गर्दै
काठमाडौं ,२४ मंसिर । रमेश खरेल आज नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्। नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन्। राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषण...

लकडाउनमा हजारौँको उद्धार गरि चर्चा कमाएका इच्छाकामनाका अध्यक्ष गीता गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा

लकडाउनमा हजारौँको उद्धार गरि चर्चा कमाएका इच्छाकामनाका अध्यक्ष गीता गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा
चितवन : नेपाली कांग्रेस चौधौ महाधिवेशनमा चितवनको इच्छाकामनाका गीता कुमारी गुरुङले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहनुभएका गुरुङले बिहिबार उम्मेद्वारी घोषणा गर्नुभएको हो । स्पष्ट वक्ता र हक्की स्वभावकी कांग्रेसको युवा र पुराना सबै नेता कार्यकर्ताहरुमाझ लोकप्रिय रहनुभएका गुरुङले कांग्रेसलाई थप शसक्त र सुढृढ बनाउनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिएको बताउनुभयो । अब सधैं अरुलाइ पालो दियो अब त मेरो पनि बेला ...

इच्छाकामना गापाका अध्यक्ष गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा

इच्छाकामना गापाका अध्यक्ष गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा
चितवन : नेपाली कांग्रेस चौधौ महाधिवेशनमा चितवनको इच्छाकामनाका गीता कुमारी गुरुङले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहनुभएका गुरुङले बिहिबार उम्मेद्वारी घोषणा गर्नुभएको हो । गत स्थानीय तहको निर्वाचनमा चितवनमा कांग्रेसले ६ वटा स्थानीय तहमा पराजय बेहोर्दा इच्छाकामनामा भने उहाँले निर्वाचन जित्न सफल हुनुभएको थियो ।

कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित
चितवन : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो। दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९...

राप्रपाको महामन्त्रीमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी

राप्रपाको  महामन्त्रीमा रेखा  थापालाई  पराजित  गर्दै कुन्ती शाही विजयी
काठमाडौं,१९ मंसिर,। राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– निर्मल निवासको नाङ्गो हस्तक्षेप

अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– निर्मल निवासको नाङ्गो हस्तक्षेप
काठमाडौं : राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । राजा ज्ञानेन्द्रले पार्टीमा हस्तक्षेप गरेको भन्दै उनले ट्वीट गरेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ उनले पराजयलाई सहर्ष स्वीकार गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना पनि दिएका छन् । उनले ट्वीट गरेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्...

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा त्रिपक्षीय भीडन्त हुने

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा  त्रिपक्षीय भीडन्त हुने
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने छ। प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि दुवै पक्षलाई ...

नेपाली कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश अधिवेशन

नेपाली कांग्रेस महाधिवेशन :   आजदेखि प्रदेश अधिवेशन
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। यस्तै शनिबार निर्वाचन हुने छ। १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन्। कांग्रेसको ...

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन : नेकपा एमालेको अध्यक्षमा पुन : केपी शर्मा ओली विजयी हुनुभएको छ ।अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिनुभयो । आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।

केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ को हुन् ?

केन्द्रिय सदस्यमा  उम्मेद्वारी घोषणा  गरेका काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ को हुन्  ?
चितवन : नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा सोमबार आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तिहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो । प्रखर बक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिबेशन प्रतिनिधि मध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति ट...