चितवन : नेकपा एमालेको अध्यक्षमा पुन : केपी शर्मा ओली विजयी हुनुभएको छ ।अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिनुभयो ।

आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।