चितवन : नेपाली कांग्रेस चौधौ महाधिवेशनमा चितवनको इच्छाकामनाका गीता कुमारी गुरुङले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहनुभएका गुरुङले बिहिबार उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
गत स्थानीय तहको निर्वाचनमा चितवनमा कांग्रेसले ६ वटा स्थानीय तहमा पराजय बेहोर्दा इच्छाकामनामा भने उहाँले निर्वाचन जित्न सफल हुनुभएको थियो ।