देश / समाज

राष्ट्रिय मावि हात्तिबाङमा सचेतनामुलक सडक नाटक प्रदर्शन

राष्ट्रिय मावि हात्तिबाङमा  सचेतनामुलक सडक नाटक प्रदर्शन
हात्तिबाङ : चितवनको इच्छाकामना गाउँपालिका १ हात्तिबाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले  सडक नाटक प्रदर्शन गरेका छन् । इन्सेक को आर्थिक सहयोगमा दोस्रो पटक आइतबार विद्यालय प्राङ्गणमा  सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन् । बिकट पहाडी क्षेत्रको सीमान्तकृत बर्गका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कपि कलम समेत किन्न नसकेको वास्तविक यथार्थ चित्रण बारे सचेतनामुलक सडक नाटकमा देखाएका थिए । सडक नाटक प्रदर्शन कार्यक्रममा ...

गण्डकीपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

गण्डकीपालिका  पूर्ण खोप सुनिश्चितता  पालिका घोषणा
गण्डकी :  गोरखाको गण्डकीलाई पूर्ण खोप सुनिश्चतता गाउँपालिका  घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिना भित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । एक कार्यक्रमकाबिच  गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले पूर्णखोपयुक्त गाउँपालिका  घोषणा गर्नुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, स्वास्थ्य कार्यालय  गोरखाका  कार्यालय  ...

रास्वपा इच्छाकामना ४ को सभापतिमा तारा बहादुर र ३ को सभापतिमा कुसुम

रास्वपा इच्छाकामना ४ को सभापतिमा तारा बहादुर र ३ को सभापतिमा कुसुम
इच्छाकामना  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामना ४ को सभापतिमा तारा बहादुर मगर चयन हुनुभएको छ । लेवटारमा सम्पन्न भेलाले मगरको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपसभापतिमा शुष्मा श्रेष्ठ र सचिवमा कृष्ण कुमारी मगरलाई चयन गरेका छन् । रास्वपा चितवन क्षेत्र नम्बर २ का क्षेत्रिय निर्वाचन समितिका सदस्य प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा असिम लम्सालको सभापतित्वमा भेला सम्पन्न भएको हो । यसैबिच वडा नम्बर ३ को सभापतिमा कुसुम गुरुङ चयन हुनुभएको छ । ...

३ वर्षदेखि अलपत्र इच्छाकामना अस्पतालको भवन निर्माणको काम सुरु

३ वर्षदेखि अलपत्र इच्छाकामना अस्पतालको भवन निर्माणको काम सुरु
कुरिनटार :  निर्माणको क्रममा जग्गा स्वामित्व विवादका कारण तीन बर्षदेखि अलपत्र रहेको चितवनको इच्छाकामना ४ कुरिनटारमा निर्माणधिन इच्छाकामना अस्पतालको निर्माण कार्य पुनः सुचारु भएको छ । जग्गा स्वामित्व विवाद समाधान भएसगैँ अलपत्र परेको अस्पतालको निर्माणको कार्य सुचारु गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालय चितवनले जग्गाको स्वामित्व दिन इन्कार गरेपछि अस्पताल निर्माण कार्य रोकिएको थियो । अहिले जग्गा स्वामित्वमा आएसगैँ अस्पताल निर्माणको काम सु...

जवाङमा तीन महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु

जवाङमा तीन  महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु
धादिङ : गुरुङ समुदायको अत्याधिक बसोबास रहेको धादिङ जिल्लाको गुरुङ गाउँ मध्यका एक बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मा रहेको जवाङ गाउँमा पहिलो पटक तीनमहिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गुरुङ समाज जवाङको आयोजनामा शनिबारदेखि ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । त्होर्जे तमू भाईखलक जवाङ इकाइका अध्यक्ष जग बहादुर गुरुङको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको तमू प्ये ल्हु संघ काठमाडौँका पूर्व अध्यक्ष तथा  पूर्व प्रहरी महानिरिक्षक हेम बहादुर ग...

इच्छाकामनाका पूर्वअध्यक्ष गुरुङ महिला संघको केन्द्रिय सदस्यमा मनोनित

इच्छाकामनाका पूर्वअध्यक्ष गुरुङ महिला संघको केन्द्रिय सदस्यमा मनोनित
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाकी पूर्वअध्यक्ष गीता कुमारी गुरुङ नेपाल महिला संघको केन्द्रिय सदस्यमा चयन भएकी छिन् ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघको केन्द्रिय तदर्थ कार्य समितिमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी गुरुङ इच्छाकामना गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।  

इच्छाकामनाका चेपाङको जीवनशैलीमा परिवर्तन

इच्छाकामनाका चेपाङको जीवनशैलीमा परिवर्तन
इच्छाकामना :  चितवनको इच्छाकामनाका चेपाङ समुदायको जीवनशैलमिा परिवर्तन आएको छ । ‘सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ परियोजनाबाट चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो । सामाजिक कार्यमा क्रियाशिल चितवनको सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाको सह–कार्यमा वडा नम्बर १ मा अन्तर घर,अन्तर स्वास्थ्यकर्मी,अन्तर कृषक,अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर उनीहरुको जीवन शैलीमा परिवर्तन ल्याइएको हो । । तीन बर्षको अथक प्रयासपछि परियोजनाबाट चेपाङ सुमदायको आ...

इच्छाकामना मन्दिरको उद्घाटन, भक्तजनका लागि मन्दिर खुला (भिडियोसहित)

इच्छाकामना मन्दिरको उद्घाटन, भक्तजनका लागि मन्दिर खुला (भिडियोसहित)
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन : निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । पुन :  निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि उद्घाटन गरि बिहिबारदेखि मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन :  निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्थ...

कुरिनटारमा बाल उद्यान र सामुदायिक भवनको निर्माण सम्पन्न ,गाउँपालिका अध्यक्ष गुरुङद्वारा उद्घाटन

कुरिनटारमा बाल उद्यान र सामुदायिक भवनको निर्माण सम्पन्न ,गाउँपालिका अध्यक्ष गुरुङद्वारा उद्घाटन
कुरिनटारमा बाल उद्यान र सामुदयिक भवनको उद्घाटन कुरिनटार ,१८ जेठ । चितवनको इच्छाकामना ४ स्थित कुरिनटारमा बाल उद्यान र सामुदायिक भवनको निर्माण सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बिहीबार एक कार्यक्रमकाबिच उदघाटन गर्नु भएको हो । भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले दुवै भवनको सही सदुपयोग गर्न आग्रह गर्नु भयो । साथै उहाँले बाल उधानलाई तत्काल कोठा भाडामा लिएर बसी पढ्नेहरूलाई बस्ने व्यवस्था गरिने बताउनु भयो । उक्त भवनमा१५/२० जना विपन्न जेहेन्दार छात्र /छ...

सपना भिलेजद्धारा चेपाङ बालबालिकाका लागि विद्यालयमै खाना कार्यक्रम सुरु

सपना भिलेजद्धारा चेपाङ बालबालिकाका  लागि विद्यालयमै खाना कार्यक्रम सुरु
चितवन,१२ जेठ । चितवनका पहाडी क्षेत्र ईच्छाकामना गाँउपालिका वडा नं। १ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्‍न निरन्तर सक्रिय सपना भिलेज सोसियल ईम्प्याक्टले भाराङ विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो । चेपाङ समुदायका बालबालिकालाई शिक्षामा थप अग्रसर गराउन विद्यालयस्तरमा खाजा, खाना कार्यक्रम प्रभावकारी देखिएपछि आफुहरुले विद्यालयमा नै भा...