
इच्छाकामना : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामना ४ को सभापतिमा तारा बहादुर मगर चयन हुनुभएको छ । लेवटारमा सम्पन्न भेलाले मगरको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
भेलाले उपसभापतिमा शुष्मा श्रेष्ठ र सचिवमा कृष्ण कुमारी मगरलाई चयन गरेका छन् ।
रास्वपा चितवन क्षेत्र नम्बर २ का क्षेत्रिय निर्वाचन समितिका सदस्य प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा असिम लम्सालको सभापतित्वमा भेला सम्पन्न भएको हो ।
यसैबिच वडा नम्बर ३ को सभापतिमा कुसुम गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा पशुपति बुढाथोकी र सचिवमा दीप श्रेष्ठ चयन हुनुभएको छ । पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न बृहत भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।