इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाकी पूर्वअध्यक्ष गीता कुमारी गुरुङ नेपाल महिला संघको केन्द्रिय सदस्यमा चयन भएकी छिन् ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघको केन्द्रिय तदर्थ कार्य समितिमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी गुरुङ इच्छाकामना गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।