कुरिनटारमा बाल उद्यान र सामुदयिक भवनको उद्घाटन कुरिनटार ,१८ जेठ । चितवनको इच्छाकामना ४ स्थित कुरिनटारमा बाल उद्यान र सामुदायिक भवनको निर्माण सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बिहीबार एक कार्यक्रमकाबिच उदघाटन गर्नु भएको हो । भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले दुवै भवनको सही सदुपयोग गर्न आग्रह गर्नु भयो । साथै उहाँले बाल उधानलाई तत्काल कोठा भाडामा लिएर बसी पढ्नेहरूलाई बस्ने व्यवस्था गरिने बताउनु भयो । उक्त भवनमा१५/२० जना विपन्न जेहेन्दार छात्र /छात्राहरुलाई राख्न सकिने बताउनुभयो ।छिट्टै पानी र बिजुली जडान गरी छात्रावासको रुपमा प्रयोगमा ल्याइने बताउनु भयो ।साथै उहाँले सामुदायिक भवनलाई पनि व्यवस्थापन समिति गठन गरी प्रयोगमा ल्याउन सकिने बताउनुभयो । रु ५०/५० लाखको लागतमा दुवै भवनको निर्माण सम्पन्न भएको वडा नम्बर ४ का वडाअध्यक्ष रुद्र उप्रेतीले बताउनुभयो ।उक्त कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष नर बहादुर नेपाल , पूर्व प्रवक्ता सावित्री गुरुङल,वडा ४ का पूर्व कार्यवाहक वडाध्यक्ष मुक्ति सिलवाल लगाएतको उपस्थिति रहनु भएको थियो ।