देश / समाज

इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित)

इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित)
कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकाले एक बर्षको अवधीमा गरेका विकास निर्माण लगायत गतिविधिहरु सार्वजनिक गरेका छन् । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक बर्षको अवधीमा गाउँपालिकाले  एक बर्षको अवधीमा गाउँपालिकाले गरेका विकास निर्माण लगायत विभिन्न गतिविधिहरु सार्वजनिक गर्नुभएको हो । अध्यक्ष गुरुङले एक बर्षको अवधीमा आधारभुत अस्पताल सञ्चालनदेखि सडक कालोपत्रे तथा ढलान,अलपत्र परेका योजनाहरु सुचारु ग्रामिण सडक स्तरोन्नती लगायतका काम भएको बताउनुभयो । आफ्नो एक बर्षे कार्यकालक...

मुग्लिङ्गमा नि : शुल्क योग शिविर हुने

मुग्लिङ्गमा नि : शुल्क योग शिविर हुने
मुग्लिङ्ग : मुग्लिङ्गमा  नि : शुल्क योग शिविर हुने भएको छ । पतञ्जली योग समिति चितवनको समन्वयमा सिर्जनशिल महिला जागरण केन्द्रको आयोजनामा जेठ ६ गतेदेखि १० गते सम्म ग्रिण्डफिल्ड बोर्डिङ्ग स्कुल इच्छाकामना ५ मुग्लिङ्गमा योग शिविर हुने भएको हो । योग शिविर हरेक दिन विहान ५ बजेदेखि ७ बजे सम्म चल्ने आयोजकले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ
काठमाडौँ  : नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।उनलाई प्रहरीले आज पक्राउ गरेको हो । यो प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो । अनुसन्धानको क्रममा उनको पनि यो प्रकरणमा सग्लग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु

जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु
काठमाडौँ :  जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार गत दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् । जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घ...

महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम

महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक चुरापोते बनाउने तालिम
फिस्लिङ : चितवनको इच्छाकामना गाउँपालिकाले महिलाहरुका लागि व्यवसायिक चुरापोते , लाछेडोरी बनाउने तालिम शुभारम्भ गरेको छ । वडा नम्बर ३ फिस्लिङमा एक कार्यक्रमकाबिच तालिमको शुभारम्भ गरिएको हो । महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरापोते तथा लाछेडेरी बनाउने व्यवसायिक सीप सिकाई सम्बन्धी १५ दिने तालिमको शुुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । तालिममा १५ जना महिलाहरु सहभागि छन् । सहभागिहरुको मागमा आधारित व्यवसायिक चुरापोते तथा लाछेडोरी बनाउने तालिम आयोजना गरिएक...

पहाडी भू-भागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

पहाडी भू-भागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका ...

राष्ट्रिय मा.वि हात्तिबाङमा बालबिवाह तथा कुलत विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन

राष्ट्रिय मा.वि हात्तिबाङमा बालबिवाह तथा कुलत विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन
हात्तिबाङ :  चितवनको इच्छाकामना गाउँपलिका १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले मंगलबार बालबिवाह तथा कुलतको विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् । नाटकमा बालबिवाह तथा कुलतको विकति विरुद्धको विषयबस्तु मुख्य रूपमा उठान गरी नाटक प्रदर्शन गरेका थिए । यस सडक नाटक प्रदर्शन कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले सडक नाटक प्रदर्शनले समाजका मानिस र बिद्यार्...

लम्पी स्किन रोगको रोकथामका लागि इच्छाकामनामा गोठ– गोठमा पशु चिकित्सक र प्राविधिक

लम्पी स्किन रोगको रोकथामका लागि इच्छाकामनामा गोठ– गोठमा पशु चिकित्सक र प्राविधिक
मुग्लिन : लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् । गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा स...

हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम

हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम
कुरिनटार, ३१ वैशाख । चितवनको इच्छाकामनामा बालविकास कक्षाका शिक्षकहरुका लागि पाँच दिने तालिम सम्पन्न भएको छ । बालविकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) को आयोजनामा शर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा तालिम सम्पन्न भएको हो । आज तालिमको एक कार्यक्रमकाबिच वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफुले सिकेका सीप कक्षामा पुगेर सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।उहाँल...

इच्छाकामनामा दादुराको खोप लगाउने तयारी

इच्छाकामनामा दादुराको खोप लगाउने तयारी
कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो । स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बत...