गण्डकी : गोरखाको गण्डकीलाई पूर्ण खोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिना भित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, स्वास्थ्य कार्यालय गोरखाका कार्यालय प्रमुख यम प्रसाद शर्मा लगायतको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित पूर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चतता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी,वडाका वडाध्यक्षसहित जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी सहित कर्मचारीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा गाउँपालिका खोप समन्वय समितिका सदस्य सचिव कुमार सुनारले प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।