देश / समाज

माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम

माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम
माझ गाउँ :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम प्रदान गरेको छ । वडा नम्बर ३ को आर्थिक सहयोग, सरसफाई अभियान्ता श्रीरेन्द्र प्रकाश पोखरेलको प्राविधिक सहयोग तथा माझगाउँ माविको आयोजनामा स्थानीय पाठ्यक्रममा आधारित फोहोर व्यवस्थापन सम्बन्धि “बेकारबाट आविस्कार” भन्ने आदर्श वाक्यसहित ३ दिने तालिम सम्पन्न भएको हो । सरसफाई र फोहोर व्यवस्थापन एक निरन्तर प्रक्रिया रहेकोले जसले फोहोर गर्छ उसैले व्यवस्थापन गर्ने हो भने सुन...

मुग्लिनसहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

मुग्लिनसहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना
चितवन :  दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चितवनको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो । केन्द्रीय बसपार्क, पुलचोक, पोखरा बसपार्क, मुग्लिन बजार र टाँडीमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सहा...

इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

इजरायलमा ज्यान गुमाएका  १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
काठमाडौं :  इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन्। गत शन...

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया
चुम्लिटार  :  चितवनको इच्छाकामना गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जनप्रतिनिधि तथा सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा इच्छाकामना ३ चुम्लिङ्गटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालहरुको उपस्थिति रहेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सकभर स्वद...

आँबुखैरेनीको घुमाउनेदेखि दमौली निस्कने बुद्धसिंह मार्गको १० किमी खण्डमा कालोपत्र हुने

आँबुखैरेनीको घुमाउनेदेखि दमौली निस्कने बुद्धसिंह मार्गको १० किमी खण्डमा कालोपत्र हुने
तनहुँ  पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको दश किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो । दमौलीदेखि सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जा...

मनकामनाका होटल तथा पसलहरुमा अनुगमन

मनकामनाका होटल तथा पसलहरुमा   अनुगमन
 मनकामना  :  गोरखाको  शहिदलखन गाउँपालिकाले बजार अनुगमनलाई तीब्र  पारेको छ ।नागरिकहरुको स्वास्थ्य सुरक्षालाइ ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका होटल  तथा  पसलहरुको अनुगमन गरिएको पालिकाले जनाएको छ । सोही अन्तरगत आज वाड नम्बर  २ र ३ को मनकामना  बजारमा अनुमगन  गरिएको छ । अनुगमनका क्रममा अधिकांश होटलहरुमा मूल्य सूचि नराखेको, केही ब्यवसायहरु वडामा दर्ता नभएको भेटिएको गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो । साथै केही होटलहरुमा बाल मजदुर प्रयोग गरिएको पनि भेटिएको उप...

पश्चिमबाट बाहिरियो मनसुन

पश्चिमबाट बाहिरियो मनसुन
काठमाडौं : नेपालको पश्चिम भूभागबाट मनसुन बाहिरिएको छ। मनुसन बाहिरिएसँगै कर्णाली र सुदूरपश्चिम भूभागमा मौसम सफा हुन थालेको छ। पूर्वबाट बाहिरन भने अझै दुई–चार दिन जति लाग्ने अवस्था देखिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। पूर्वका केही क्षेत्र र काठमाडौंमा हल्का बदलीदेखि र वर्षाको सम्भावना अझै केही दिन कायमै रहने मौसमविद् उनले बताए। तर ठूलो वर्षाको भने सम्भावना नरहेको उनको भनाइ छ। पूर्वी भूभागबाट भित्रिने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी ज...

मनकामना केवलकार सेवा आजदेखि नियमित सञ्चालनमा आउने

मनकामना केवलकार सेवा आजदेखि नियमित सञ्चालनमा आउने
कुरिनटार :  मनकामना केवलकारको सेवा आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।  नियमित मर्मत सम्भारका लागि  आसोज १७ र १८ गते  दुई दिन बन्द गरिएको  मनकामना  केवलकार आजदेखि  नियमित सञ्चालनमा आउने भएको हो । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जान सहजताका लागि सञ्चालनमा रहेको मनकामना केवलकार नेपालको पहिलो केवलकार हो ।

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पिएस निकट नवराज शर्मा विजयी

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पिएस निकट नवराज शर्मा विजयी
काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्।  मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उनी यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै थिए। उपाध्यक्षसहित सबै पदाधिकारी पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मत ल्याएर  मतले विजयी बन्दा बाबुराम वि...

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं :  कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ।यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।