देश / समाज

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य सुचीसहित

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य सुचीसहित
काठमाडौं,१९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५र९५ रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर मूल्यवृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्य...

शिक्षकहरुको छन्द कविता वाचन अभ्यास प्रशिक्षण तथा प्रतियोगिता

शिक्षकहरुको छन्द कविता वाचन अभ्यास प्रशिक्षण तथा प्रतियोगिता
चितवन,१९जेठ । इच्छाकामनामा छन्द कविता वाचन अभ्यास प्रशिक्षण तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।साहित्य प्रवाह इच्छाकामना गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षता तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आधारभूत तह देखिनै पाठ्यक्रममा छन्द कविता भएकाले इच्छाकामना गाउँपालिका भित्र रहेका नेपाली विषयका शिक्षक शिक्षिकाहरुलाई छन्द कविताको आधारभूत ज्ञानका साथै कविता वाचन अभ्यास होस् भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर...

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो
  काठमाडौं। सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनि...

आँबुखैरेनी स्थित नारीघाटमा जेसीबीमा आगलागी

आँबुखैरेनी स्थित नारीघाटमा जेसीबीमा आगलागी
आँबुखैरेनी, १८ जेष्ठ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाटमा गएराती एउटा जे.सी.बी. मा आगलागी भएको छ । शेर बहादुर गुरुङ्गको ग.१ त. ३१८८ नम्बरको जे.सी.बी. मा गएराती सवा १ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । के कारणले जे.सी.बी. मा आगलागि भएको भन्ने बारे अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक सन्तोष रोक्काले बताउनुभएको छ । कसैको रिसिइबीका कारण अथवा इन्जिनको आफ्नै कारणले आगलागि भएको हो की भन्नेबारे प्रहरीले थप अनुस...

रेडक्रसले तीन महिना भित्र चुम्लिङटारको घरघरमा पानी पु–याउने

रेडक्रसले तीन महिना भित्र चुम्लिङटारको घरघरमा पानी पु–याउने
चितवन,१८जेठ । चुम्लिङटारमा रेडक्रसले सय घरधुरीका लागि खाने पानी आयोजना निर्माण गर्ने भएको छ । खाने पानी आयोजना निर्माण सम्पन्न गर्नका लागि आज शिवराम पोखरेलको अध्यक्षतमा चुम्लिङ खानेपानी तथा सरसफाइ समिति गठन गरिएको छ । रेड्क्रस चितवनको पदाधिकारी,वडा अध्यक्ष गोबर्धन अधिकारी लगायतको उपस्थितिमा गाउँ भेला बसी समिती निर्माण गरिएको धारापानी विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमोद पोखरेलले जानकारी दिनुभयो । भेलाले समितिको उपाध्यक्षमा इश्वर पोखरेल, सचिवमा शरद पोखरेल र कोषाध्यक्षमा स...

नारायणी टुडेको दोश्रो पटक पनि बार्षिकोत्सव थाईल्याण्डमा, सञ्चार उद्यमी नविराज सम्मानित

नारायणी टुडेको दोश्रो पटक पनि बार्षिकोत्सव थाईल्याण्डमा, सञ्चार उद्यमी नविराज सम्मानित
थाईल्याण्ड, १८ जेठ । चितवनको चर्चीत नारायणी टुडे राष्ट्रिय मासिकले आफ्नो १८ औँ बार्षिकोत्सव फेरि पनि पर्यटकीय शहर थाईल्याण्डको पटायामा मनाएको छ । १८ औँ बार्षिकोत्सवको एक भव्य समारोहकाबीच भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले १८ वटा मैनवत्ती बालेर उद्धघाटन गरेकी थिईन् । सो अवसरमा बोल्दै उपमेयर शाहले सञ्चार जगत राष्ट्र विकासका लागि अपरिहार्य भएको भन्दै सञ्चार विना नेपालको विकास र समृद्धि हासिल हुन नसक्ने बताईन् । उनले नेपाललाई नमुना बनाउन सञ्चारको विकास लागि आफु सधै कटि...

प्रदेश–३ को नीति तथा कार्यक्रम सार्वजनिक, प्रत्येक गाउँपालिकामा १५ देखि ५० श्ययाको अस्पताल निर्माण गरिने

प्रदेश–३ को नीति तथा कार्यक्रम सार्वजनिक, प्रत्येक गाउँपालिकामा १५ देखि ५० श्ययाको अस्पताल निर्माण गरिने
हेटौंडा, जेठ १८ । प्रदेश नम्बर–३ ले आगामी आर्थिक वर्षमा संघीय राजधानी काठमाडौंको प्रदूषण नियन्त्रण गरिने र प्लास्टिकमुक्त सहर बनाउने लक्ष्य राखेको छ । प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै प्रत्येक जिल्लामा कृषिउपजका लागि सीपमूलक कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रम सन्चालन गरिने बताइन् । नीति तथा कार्यक्रममा भूमि आयोग गठन गरी अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाइने, आगामी पाँच वर्षभित्र प्रत्येक गाउँपालिका...

कुखुरा पालक किसानलाई अभिमुखीकरण तालिम

कुखुरा पालक किसानलाई अभिमुखीकरण तालिम
चितवन, १२ जेठ । चुम्लिङटारमा कुखुरा पालक किसानहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिद्धारा संचालित समृद्धि कोल्ड स्टोर्स चुम्लिङटारको आयोजनामा चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र धादिङको रोराङ गाउँपालिकाका १५० जना किसानहरुलाई व्यावसायी कुखुरा पालनका लागि अभिमुखीकरण तालिम प्रदान गरेको हो । नेपालममा फस्टाउदैँ गएको कुखुरा पालन व्यावसायी किसानहरुका लागि आवस्यक ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको समृद्धि नेशनल ईन्भेष्ट...

गाउँपालिकाद्धारा साविकको गाविसका पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान (भिडियो र फोटो सहित)

गाउँपालिकाद्धारा साविकको गाविसका पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान (भिडियो र फोटो सहित)
इच्छाकामना, १० जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले साविकको गाविसका पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका  जनप्रतिनिधिहरुले कार्यभार सम्हालेकोे एक बर्ष पुरा भएको अवसरमा आज एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरि गाउँपालिकाको कार्यालयमा साविकको गाविसहरु दारेचोक, चण्डिभञ्ज्याङ,काउले र दाहाखानीका ३३ जना पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउँपालकाकी अध्यक्ष...

एकीकृत सम्पती कर सम्बन्धि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

इच्छाकामना,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा एकीकृत सम्पती कर सम्बन्धि एक दिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा वडा न ४ कुरिनटारमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहयोगी संस्था स्पीड नेपाल सोलुसन प्रालिका सदस्य कुमार कञ्चन जिसिले एकिकृत सम्पती कर बारे प्रशिक्षण दिनुभएको थियो । स्पीड नेपाल सोलुसन प्रालि गोष्ठीको सहयोगी संस्थाको रुपमा रहेको थियो । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा भएको अन्तरक्रियात्मक गोष्...