चितवन,१९जेठ । इच्छाकामनामा छन्द कविता वाचन अभ्यास प्रशिक्षण तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।साहित्य प्रवाह इच्छाकामना गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षता तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

आधारभूत तह देखिनै पाठ्यक्रममा छन्द कविता भएकाले इच्छाकामना गाउँपालिका भित्र रहेका नेपाली विषयका शिक्षक शिक्षिकाहरुलाई छन्द कविताको आधारभूत ज्ञानका साथै कविता वाचन अभ्यास होस् भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको साहित्य प्रवाह इच्छाकामनाका अध्यक्ष (कवी) कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।कार्यक्रममा छन्दको परिचय र वाचन शैलीबारे अध्यक्ष कृष्णप्रसाद पोखरेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा छन्द कविता वाचनको प्रतियोगिता पनि आयोजना गरियो ।प्रतियोगितामा आधारभूत विद्यालय चैबुङका शिक्षक धुर्वप्रसाद अधिकारी प्रथम , आधारभूत विद्यालय कमेरेका बैकुण्ठप्रसाद पौडेल द्वितीयत र राष्ट्रिय मावि हात्तिबाङकी शिक्षिका रश्मिता लामिछाने तृतीय भएका छन् ।

प्रथम द्धितिय र तृतियलाई गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।इच्छाकामना गाउँपालिका र साहित्य प्रवाह इच्छाकामनाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको हो ।
सर्वशान्ति मावि कुरिनटार चितवनमा भएको कार्यक्रम शिक्षकद्धय माधवप्रसाद पोखरेल र सुजन सापकोटाले संचालन गरेका थिए ।