चितवन,१८जेठ । चुम्लिङटारमा रेडक्रसले सय घरधुरीका लागि खाने पानी आयोजना निर्माण गर्ने भएको छ । खाने पानी आयोजना निर्माण सम्पन्न गर्नका लागि आज शिवराम पोखरेलको अध्यक्षतमा चुम्लिङ खानेपानी तथा सरसफाइ समिति गठन गरिएको छ ।
रेड्क्रस चितवनको पदाधिकारी,वडा अध्यक्ष गोबर्धन अधिकारी लगायतको उपस्थितिमा गाउँ भेला बसी समिती निर्माण गरिएको धारापानी विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमोद पोखरेलले जानकारी दिनुभयो ।
भेलाले समितिको उपाध्यक्षमा इश्वर पोखरेल, सचिवमा शरद पोखरेल र कोषाध्यक्षमा सुनिता गुरुङलाई चयन गरिएको छ । यसैबीच सदस्यहरुमा ऋषिराम पोखरेल, राजकुमार गुरुङ, मिना पोखरेल, विनोद गुरुङ,नारायण श्रेष्ठ , शुसिला चालिसे र दिनेश श्रेष्ठ रहेका छन् ।
साथै भेलाले सल्लाहकार समिति, अनुगमन समिति र गुनासो ,सुन्ने समिति पनि गठन गरिएको छ ।
नेपाल रेडक्रसको सहयोगमा धारापानी बिपद् ब्यबस्थापन समिती र चैबुङ बिपद् ब्यबस्थापन समितीको सहकार्यमा इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारमा बृहद् खानेपानी योजना सम्पन्न गर्न लागिएको हो ।
चुम्लिङटारको सबै घरमा ३ महिना भित्र मिटर जडित चौविसै घण्टा सफा खानेपानी उपलब्ध हुने गरि निर्माणको सामाग्री र दक्ष कामदारको सबै ज्याला रेडक्रसले बेहोर्ने गरि आयोजनाको काम सुरु गर्न लागिएको धारापानी विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमोद पोखरेलले जानकारी दिनुभयो ।