देश / समाज

टी–२० विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित,थाइल्यान्ड १सय ४० रनले पराजित

टी–२० विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित,थाइल्यान्ड १सय ४० रनले पराजित
काठमाडौं,२१ असोज । मलेसियामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। नेपालले आइतबार भएको आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८।५ ओभरमा १८ रन जोड्दा ९ विकेट गुमाएको थियो। जितबाट नेपाल १ विकेट टाढा हुँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल सम्भव नहुँदा नेपाल डिएल मेथडमा विजयी भयो। थाइल्यान्डको इनिङ ध्वस्त पार्ने...

नेपाल प्रहरीमा भर्ना खुल्यो

चितवन, १८ असोज । रिक्त रहेको दरबन्दी परिपूर्ति गर्नका लागि नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्रहरीमा खाली रहेको सात हजार दुई सय ५६ पदका लागि नयाँ भर्ना खुला गरेको हो । प्रहरीे प्रधान कार्यालयको मानव स्रोत विकास विभाग भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान कार्यालय सहयोगी गरि विभिन्न पदमा भर्ना खोलेको हो । प्रहरीको रिक्त रहेको पदमध्ये सबैभन्दा बढी प्रहरी जवानको लागि लागि आवेदन माग गरिएको छ । असोज १८ गतेदेखि बिहीबारदेखि भर्...

यस्तो छ, चितवन प्रहरीको चाडपर्व लक्षित बृहत् सुरक्षा योजना

चितवन, १८ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले नागरिकले भयरहित वातावरणमा हर्षोल्लासका साथ चाड पर्व मनाउने वातावरण सृजना गर्न दसैँतिहार र छठ पर्वलाई लक्षित गरेर आज वृहत् सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले अपराधिक मनोवृतिका व्यक्तिले चाडपर्वको अवसरमा विभिन्न किसिमका घटनाहरु घटाउन सक्ने हुँदा त्यस्ता क्रियाकलापहरुको रोकथाम गर्न सुरक्षा योजना ल्याउनु परेको प्रष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको सुरक्षा योजना अनुसार राजमार्गको सुरक्षा सवारी ...

ट्रक दुर्घटना, दुईजनाको मृत्यु

ट्रक दुर्घटना, दुईजनाको मृत्यु
सिन्धुली, १८ असोज । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका हुन् । मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो । ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा ट्रकम...

स्वदेशमै उद्यम गर्न ४ प्रतिशत ब्याजमा ऋण चाहियो, चितवनमा रामचन्द्रलाई फोन गर्नुहोस्

स्वदेशमै उद्यम गर्न ४ प्रतिशत ब्याजमा ऋण चाहियो, चितवनमा रामचन्द्रलाई फोन गर्नुहोस्
चितवन, १८ असोज । सरकारले युवापुस्तालाई स्वदेशमै उद्यम गर्न ऋण दिने गरेको छ । १० प्रतिशत ब्याजमा दिने ऋणको किस्ता समयमा तिरे ६ प्रतिशत ब्याज मिनाह पनि गरिनेछ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म ५५ हजार ३ सय ३३ युवालाई स्वरोगगार बनाएको छ । उद्यम गर्न चाहनेले प्रत्येक जिल्लामा रहेको सम्पर्क व्यक्ति वा स्वयम्सेवकसँग सम्पर्क गर्न सक्नेछन् । सहकारीमार्फत उद्यम वा व्यवसायका लागि ऋण लिन चाहनेका लागि पनि कोषबाट स्वीकृत १ हजार...

कतारमा डेढ सय नेपाली अलपत्र

काठमाडौँ, १८ असोज । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् ।सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ। सञ्चालक फरार भएकाले ...

बलात्कारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि

काठमाडौँ, १८ असोज । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ। ७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्च...

जहाजमै युवतीको मृत्यु, किन राखियो १३ दिनसम्म गुपचुप ?

जहाजमै युवतीको मृत्यु, किन राखियो १३ दिनसम्म गुपचुप ?
काठमाडोँ, १८ असोज । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।...

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने
डोटी, १८ असोज । डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना रु एक हजार ५०० प्रदान गर्ने भएको छ । गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छाँै ।” सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ । गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत...

यौन दुर्व्यवहार आरोपमा स्वास्थ्यकर्मी पक्राउ

यौन दुर्व्यवहार आरोपमा स्वास्थ्यकर्मी पक्राउ
काठमाडौँ, १८ असोज । अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् । नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।उनलाई पीडित बालिकाले जिल्ला प्...