चितवन, १८ असोज । रिक्त रहेको दरबन्दी परिपूर्ति गर्नका लागि नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्रहरीमा खाली रहेको सात हजार दुई सय ५६ पदका लागि नयाँ भर्ना खुला गरेको हो ।
प्रहरीे प्रधान कार्यालयको मानव स्रोत विकास विभाग भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान कार्यालय सहयोगी गरि विभिन्न पदमा भर्ना खोलेको हो । प्रहरीको रिक्त रहेको पदमध्ये सबैभन्दा बढी प्रहरी जवानको लागि लागि आवेदन माग गरिएको छ । असोज १८ गतेदेखि बिहीबारदेखि भर्नाको आवेदन खुलेको हो ।
जसमा प्रहरी निरीक्षकमा एक सय आठ, प्रहरी सहायक निरीक्षकमा पााच सय २४ जना तथा प्रहरी जवानमा ६ हजार दुई सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी कार्यालय सहयोगी ९खेलाडी०पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कराँते, जुडो, एथलेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।
बिहीबारदेखि खुलेको दरखास्त फरम आगामी कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ । जवान पदको दरखास्त ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।