सिन्धुली, १८ असोज । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका हुन् ।

मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो ।

ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा ट्रकमा सवार सप्तरीका १७ वर्षीय लक्ष्मण परियार घाईते भएका छन् । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

गएराति सवा १२ बजे बा२क २२९७ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।