देश / समाज

बाँदरले सताएपछि खेती गर्न छाड्दै इच्छाकामनाका किसान

बाँदरले सताएपछि खेती गर्न छाड्दै इच्छाकामनाका किसान
हिरालाल गुरुङ चितवन,३० कात्तिक । केही बर्ष देखि यता बाँदरले सताउन थालेपछि इच्छाकामनाका किसानहरुले घर देखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेका छन् । घर नजिकैको बारीमा लगाएको बाली समेत बाँदरले खाने र नष्ट गर्ने गरेको वडा न २ का मेघनाद गुरुङले बताए । बाँदरले मकै मात्र होईन बारीमा लगाएका फलफुल तरकारी खेती समेत नष्ट गर्न थालेपछि विगत पाँच बर्ष देखि वडा न २ का डाडा गाउँ भोर्ले र आसपासका किसानहरु चिन्तित बनेको उनले बताए । बाली लगाएपछि उम्रिन नपाउँदै विउ र उम्रिएका टुसा खाई...

चितवनमा हत्या अभियोगका चार अभियुक्तलाई सफाई रिहा

चितवन , २९ कार्तिक । चितवनमा अपहरण गरी ज्यान मारेको आरोप लागेका कालिकोटका चार जनाले बुधबार सफाइ पाएका छन् । गएको पुस ११ गते नारायणगढमा गलैंचा बेच्दै आएका कालिकोट तिला ९ बस्ने वर्ष १९ को उमेश पाण्डेको पौष १९ गते हत्या गरी नारायणी नदीमा फालेको आरोप लागेका कालिकोट जिल्ला वर्डा नम्बर २ बस्ने अक्कल बहादुर कठायत , गोविन्द पाण्डे, गंगालाल पाण्डे र नरेश न्यौपाने लाई चितवन जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारी इजलासले सफाइ पाउने फैसला गरेको हो । किटानी जाहेरी परे पछि उनीसँगै व्य...

निर्मला हत्या प्रकरण : गाउँले पनि प्रहरीको शंकाको घेरामा, चार जनाको डिएनए परिक्षण

निर्मला हत्या प्रकरण : गाउँले पनि प्रहरीको शंकाको घेरामा, चार जनाको डिएनए परिक्षण
काठमाडौँ, २९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठ...

११ जना जुवाखालबाट र एक जना लागुऔषध सहित पक्राउ

११ जना जुवाखालबाट र एक जना लागुऔषध सहित पक्राउ
चितवन, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले कौडा र जुवा तास खालबाट ११ जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा न १३ स्थित चिन्ताहरण रेष्टुरेन्टबाट पैसाको बाजी हारजित हुने गरि कौडा र जुवा खेली रहेको अवस्थामा उनिहरुलाई १६ थान कौडा, ३ बुक तास र रु १ लाख ११ हजार ९ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुलाई मुलुकी ऐन, २०७४ अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट लागुऔषध चरेश सहित ए...

मनकामना केबलकारमा तीन वटा डब्बा थपियो, करिब १ करोड ३८ लाख बढीले केबलकार चढे

मनकामना  केबलकारमा  तीन वटा डब्बा  थपियो,  करिब १ करोड ३८ लाख बढीले केबलकार  चढे
हिरालाल गुरुङ कुरिनटार,१२ कात्तिक । मनकामना केबलकारमा तीन वटा नयाँ डब्बा (गन्डोला) थप गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले मनकामना केबलकारमा थप गरिएको  तीन वटा (गन्डोला) डब्बाको उद्घाटन गर्नुभएकोहो । उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटनका लागि नेपाल महत्वपूर्ण थलो भएकाले यसको विकासका लागि सरकार लागिपरेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो“ नेपाल यस्तो देश हो जहाँ मेची देखि माहाकाली, हिमाल देखि पहाड सम्म कुनै न कुनै पर्यटकीय गन्तव्...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा  ओली अस्पताल भर्ना
काठमाडौं,१२कात्तिक  । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीर्ला ओलीलाई अस्पताल भर्ना गरिएको छ।  ओलीलाई  खोकि बढ्दै गएपछि संक्रमण हुने डर भएकोले उपचार भन्दापनि पुर्वसावधानिका दृष्टिले अस्पताल भर्ना गरिएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले  बताए। ‘उहाँलाई शिक्षण अस्पतालमा राखिएको छ। केहिदिन देखि अस्वस्थताका कारण निवासमै आराम गरिरहनु भएको थियो।’ अर्यालले भने ।  प्रधानमन्त्री ओलीका करिब एकदशक अघि मृगौला प्रत्यारोपण गरिएकोले स्वास्थ्यमा विशेष हेरचाह गर्नु पर्न...

चितवनमा तिहारमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने, मदिरा बिक्रीमा ९ बजेपछि रोक

चितवन, ११ कात्तिक ।  जिल्ला प्रशासन कार्यालय चितवनले दीपावली र छठपर्वलाई मध्येनजर गर्दै सार्वजनिक आव्हान गरेको छ । पर्वहरुलाई मर्यादित र अनुशासित बनाउन भन्दै प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ । दीपावलीको समयमा मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजे नै बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । यस्तै, लोकमार्गका लाइन होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसायहरु राति १० बजेसम्म बन्द गरिसक्न आव्हान गरिएको छ । कुनै पनि आतिसबाजी, ...

भैरवी कपको उपाधी कम्युनिष्ट गठबन्धन कुरिनटारलाई, गठबन्धनकै मुग्लिन उपविजेता

भैरवी कपको उपाधी कम्युनिष्ट गठबन्धन कुरिनटारलाई, गठबन्धनकै मुग्लिन उपविजेता
चितवन ,८ कात्तिक । गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोक ६ मा वडा दशैको अवसरमा आयोजित दोस्रो भैरवी कपको उपाधि कम्युनिष्ट गठबनधन कुरिनटारले जितेको छ । फाइनल खेलमा आज कम्युनिष्ट गठबन्धन कुरिनटारले मुग्लिन ११ कम्युनिष्ट गठबन्धनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । कम्युनिष्ट गठबन्धन कुरिनटारको तर्फबाट रमेस बर्तौला र सविन बिडारिले १–१ गोल गरे । कम्युनिष्ट गठबन्धन मुग्लिनको तर्फबाट विकि राईले एक मात्र सान्त्वना गोल गरेका थिए । विजेता कुरिनटारले ६० हजार नगद, प्रमा...

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

काठमाडौं,८ कात्तिक ।निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरवाही र प्रमाण नष्ट गरेको आरोप लागेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सरकारले बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा...

चितवनको कालिकामा हुने सगुन महोत्सवको तयारी अन्तिम चरणमा, सिन्ती झरना मुख्य आकर्षण

चितवनको कालिकामा हुने सगुन महोत्सवको तयारी अन्तिम चरणमा, सिन्ती झरना मुख्य आकर्षण
शिशिर सिंखडा चितवन, ६ कार्तिक । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ रेडक्रसग्राम चौरमा हुने प्रथम सगुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक केशव लामाले जानकारी दिए । “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा यस क्षेत्रको पर...