देश / समाज

“जीवनभरसँगै बाँच्ने” कसम खाएका श्रीमानले अशक्त हुदाँ अर्की विवाह गरेपछि माईतीको शरणमा गोरीमाया

“जीवनभरसँगै बाँच्ने” कसम खाएका श्रीमानले अशक्त हुदाँ अर्की विवाह गरेपछि  माईतीको शरणमा गोरीमाया
हीरालाल गुरुङ   काउले,१५ मंसिर । एउटा झुपडी छ, त्यसमा काठ माथि गुन्द्री छ मैलो परेका थोत्रा कपडाहरु छन् । घर बारबेर छैन । लाग्छ त्याहाँ पनि मान्छे बस्छ र ? तर गोरीमाया चेपाङ विगत ४ बर्ष देखि त्याही झुपडीमा अशक्त शरिर लिएर पीडाका साथ रात दिन काटीरहेकी छिन् । उनको त्यो घर होईन माईत हो । सगैँ जिउने अनी संगै मर्ने एक अर्काको दुख-सुखमा साथ दिने कसम खाई आज भन्दा १३ बर्ष अघि चितवनको इच्छाकामना गाउँपालिका २ काउले तोरडाँडाकी गोरीमाया चेपाङ र कालिका नगरपालिका १० छेरबाङका चन्द्र बहा...

क्यान्सर पीडित मायाकुमारीलाई उद्यमशिल महिला जागरण केन्द्र र हिमाल महिला समूहद्वारा आर्थिक सहयोग

क्यान्सर पीडित मायाकुमारीलाई उद्यमशिल महिला जागरण केन्द्र र हिमाल महिला समूहद्वारा आर्थिक सहयोग
इच्छाकामना, १५ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अयिभान अन्तरगत आज छैटौँ दिन उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् । आज बनभोज तथा लैँगिक हिंसाविरुद्ध अन्तर्कृया कार्यकम गरिएको केन्द्रका सचिव सम्झना कुमारी खड्का सिलवालले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा केन्द्रका प्रमुख सल्लाहाकार प्रताप गुरुङ मौसम,   नारायण प्रसाद अधिकारी, प्रकास अधिकारी जुना राजभण्डारी वडा न. ३ का वडा अध्यक्ष गोवद्र्धन अधिकारी...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज इच्छाकामनामा बृहद् –याली हेरौँ १० फोटोमा

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज इच्छाकामनामा बृहद् –याली हेरौँ १० फोटोमा
इच्छाकामना, ९ मंसीर । आजदेखि देशैभर सुरु लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । लैगिङ्गक हिंसा र दुरव्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नारा सहित १६ दिन अभियान शुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसम्बर १० सम्म अन्तर्रा्ष्ट्रिय अभियानका रुपमा १६ दिने अभियान मनाउने गरिन्छ । यसैबीच चितवनको एक मात्र इच्छाकामना गाँउपालिकाले बृहद् –यालीको आयोजना गरी सुरुवात गरेको छ । हरेकसमान श्रम समान ज्याला, महिलाको सम्मान, इच्छाकामनाको पहिचान भन्ने मूल नाराका सा...

इच्छाकामनाकाका भूकम्पपीडितहरु आलोपालो (पर्म)मा घर निर्माण गर्दै

इच्छाकामनाकाका भूकम्पपीडितहरु आलोपालो (पर्म)मा घर निर्माण गर्दै
हिरालाल गुरुङ इच्छाकामना, ९ मंसिर । पाखो बारीमा उब्जाएको कोदो मकैले मुस्किलले ६ महिना मात्र खान पुग्छ । बाँकी समय अरुकै ज्याला मजदुरी गरेर खान बाध्य छन् चितवनको इच्छाकामना गाउँपालिका वडा न २ तोरडाँडाका चेपाङहरु । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले यहाँका घरहरु ,पनि भत्किए । आर्थिक अवस्था कमजोर उनिहरुलाई घर निर्माणका लागि ठूलैचुनौती बनेर आयो । सरकारले दिने ३ लाख पनि किस्ता किस्तामा आउँछन् । तीन लाखले घर बन्न सम्भव नभएको उनिहरु बताउँ छन् । त्यसैले उनिहरु आलो पालो अर्...

नोपलको पहिलो केबलकार मनकामना केबलकार एक्काइसौं वर्षमा प्रवेश

चितवन, ९ मंसिर, । मनकामना दर्शन प्रालिद्वारा संचालित नेपालको पहिलो केबुलकार मनकामना केबुलकार बिसौँ बर्ष पार गरि एक्काइसौं वर्षमा प्रवेश गरेको छ । मनकामना केबुलकारले सन् १९९८ नोभेम्बर २३ तारिखबाट सेवा शुरु गरेको थियो । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले एक्काइसौँ वर्ष प्रवेशको सन्दर्भमा कुराकानी गर्दै मनकामना केबुलकार प्रालिले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केबुलकारको बिस्तार गर्ने योजना छिटै घोषणा गरिने बताउनु भयो । उहाँले चितवन र गोरखामा रहेक...

अठासी किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना

अठासी किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना
काठमाडौँ,७ मंसिर । २०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा काठमाडौँ जिल्ला अदालतले फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ। संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले मंसिर ४ गते अभियुक्तमध्ये तीनलाई दोषी ठहर गरेको हो। गत वर्ष भदौमा रसुवा नाका हुँदै काठमाडौँ भित्र्याइएको ८८ किलो सुन क्षेत्रपाटीमा समातिएको थियो। काठमाडौँ जिल्ला अदालतका रजिस्ट्रार...

इच्छाकामना पञ्चमी मेलामा विविध सांस्कृतिक कार्यक्रम हुने

इच्छाकामना पञ्चमी मेलामा विविध सांस्कृतिक कार्यक्रम हुने
हिरालाल गुरुङ इच्छाकामना( चितवन) ७ मंसिर । यस बर्ष पनि इच्छाकामना पञ्चमी मेलामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने यस पञ्चमी मेलाको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । हाम्रो परम्परा हाम्रो संस्कृतिक, जोगाई राखौँ धर्म संस्कृतिक भन्ने मूल नाराका यस बर्ष पनि मंसिर १० गते बृहत् सांस्कृतिक कार्यक्रम हुन गईरहेको यस पञ्चमी मेलाको तयारी तीब्र पारीएको श्री इच्छाकमना सिद्धबाबा संरक्षण समितिका सदस्य यान बहादुर गुरुङले बताए । इच्छा...

चितवनको श्यामराङमा खानेपानीको समस्या, एक गाग्री पानी भर्न दुई घन्टा

चितवनको श्यामराङमा खानेपानीको समस्या, एक गाग्री पानी भर्न दुई घन्टा
चितवन , ७ मंसिर । जबजब हिउँद महिना आउन थाल्छ तब तब पुर्वी चितवनको राप्ती नगरपालिकास्थित श्यामराङका स्थानीयले खानेपानीको समस्या भोग्नुपर्छ । २६ वर्षअघि निर्माण भएको खानेपानी आयोजना समेत जीर्ण बन्दै गएपछि यहाँका स्थानीयको समस्या झन् बिकराल बन्दै गएको छ । बिं.सं २०४९ सालमा जिल्ला विकास मार्फत ७ वटा धारा परेकोमा त्यसबखत जम्मा ४७ घरमात्रै रहेकोमा अहिले त्यो संख्या बढेर ८५ पुगेको छ । घरधुरी संख्या बढ्दै गएको छ भने, खानेपानीको समेत उत्तिकै चरम अभाव भएको छ । गाउँमा धारो नभएको पनि ...

राजधानी विवादले प्रदेश सभा बैठक नै अनिश्चित

राजधानी विवादले प्रदेश सभा बैठक नै अनिश्चित
हेटौँडा,१ मंसिर । प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेश ३ सभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । अब बस्ने प्रदेश सभा बैठकमा स्थायी राजधानीको प्रस्ताव अघि बढाउने तयारी भएपछि प्रदेश सभा बैठक अनिश्चित भएको छ । स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । एउटै पार...

किसानले प्रति केजी ३ रुपैयाँमा बेचेको तरकारी बजारको मुल्य ४० रुपैयाँ

किसानले प्रति केजी  ३ रुपैयाँमा बेचेको तरकारी बजारको मुल्य  ४० रुपैयाँ
सञ्जय पोखरेल ज्यामिरेघाट,३० कात्तिक । तरकारीले बजार भाउ नपाएपछि किसानहरु आन्दोलित भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँ पालिका वडा ९ र गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर ७ का किसान आन्दोलित भएका हुन् । जनकल्याण कृषि सहकारी ज्यामिरेघाट मार्फत तरकारी बेच्दै आएका स्थानिय किसानहरु बजार उपभोक्ता मुल्य भन्दा निकै कम मुल्यमा तरकारी बेच्न बाध्य भएपछी आन्दोलित भएको किसान केशव दुवाडीले बताउनुभयो । बजारमा काउलीको उपभोक्ता मुल्य ३०÷४० चलिरहदाँ हिजो किसान मार्फत ब्यापारीले मात्र ३ रु...