हिरालाल गुरुङ
चितवन,३० कात्तिक । केही बर्ष देखि यता बाँदरले सताउन थालेपछि इच्छाकामनाका किसानहरुले घर देखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेका छन् ।
घर नजिकैको बारीमा लगाएको बाली समेत बाँदरले खाने र नष्ट गर्ने गरेको वडा न २ का मेघनाद गुरुङले बताए । बाँदरले मकै मात्र होईन बारीमा लगाएका फलफुल तरकारी खेती समेत नष्ट गर्न थालेपछि विगत पाँच बर्ष देखि वडा न २ का डाडा गाउँ भोर्ले र आसपासका किसानहरु चिन्तित बनेको उनले बताए ।
बाली लगाएपछि उम्रिन नपाउँदै विउ र उम्रिएका टुसा खाईदिन्छन् दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन् उनले भने ।
अहिले किसानहरुले घर देखि टाढा रहेका जग्ग्गामा त खेती नै लगाउन छाडेको र घरनजिकका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उनको भनाई छ ।
बाँदर देख्न ५/७ बर्ष अघि ४/५ घण्टाको बाटो हिँडेर लेकको बन पुग्नु पथ्र्यो अहिले सयौँ बाँदर आएर क्षणभरमै विघौँ जग्गामा लगाएको खेती बाली नष्ट गरिदिने किसानहरु बताउँछन् ।
यहाँका किसानहरु मकै खेती र तरकारी बालीमा निर्भर छन् ।