छैठौं खिचरा महोत्सवको तयारी तीब्र
कारी महतो
चितवन, १६ पुस । हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ । यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली गौचरनमा हुन लागेको महोत्सव यसवर्ष पुुस २८ देखि माघ ७ गतेसम्म हुने आयोजकले जानकारी दिएका छन् । महोत्सव सफल बनाउनका लागि थाकस चितवन क्षेत्र नं. ७ का सभापति चुडामणि चौधरीको स...