देश / समाज

प्रचण्डद्वारा ल्होसारको शुभकामना –एकता र बन्धुत्वको भावना विकास गर्न सकोस

प्रचण्डद्वारा ल्होसारको शुभकामना –एकता र बन्धुत्वको भावना विकास गर्न सकोस
काठमाडौं,१५ पुष । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु ९गुरुङ० दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । तमु ९गुरुङ० समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा यो चाड मनाउने गरिन्छ । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ‘सांस्कृतिक विविधता नै हाम्रो देशको मौलिकता हो । यसप्रकारका सांस्कृतिक पर्वहरुले ...

आज गुरुङ समुदायले ल्होसार मनाउदैँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

आज गुरुङ समुदायले ल्होसार  मनाउदैँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं,पुस १५ । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसअवसरमा  काठमाडौंको टुँडिखेलमा विशेष कार्...

.पुरस्कारको कार्यक्रमले दुग्ध उत्पादनमा वृद्धि.

.पुरस्कारको कार्यक्रमले दुग्ध उत्पादनमा वृद्धि.
भरतपुर, १४ पुस । चितवनको कालिका नगरपालिकाले व्यावसायिक किसानलाई पुरस्कारको व्यवस्था गरेपछि दुग्ध उत्पादनमा वृिद्ध भएको छ । नगरपालिकाले व्यावसायिक रुपमा गाईभँैसी पाल्ने र १० हजार लिटर बढी दुग्ध बेच्ने किसानलाई वार्षिक रु २५ हजार पुरस्कारको घोषणा गरेपछि पशुपालनमा किसानको आकर्षण बढेको हो । पुरस्कारको कार्यक्रमपछि एक वर्षको अवधिमा दैनिक ३५ सय लिटर दूध उत्पादनमा वृिद्ध भएको छ । “यसअघि नगरपालिकामा दैनिक १० हजार लिटर दूध उत्पादन हुने गरेको थियो”, नगरपालिकाका प्रमुख खुमनारायण श्र...

चितवनमा छ हजार भूकम्प प्रभावित परिवार अझै घरविहीन

चितवन, १४ पुस । भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ । भूकम्पपछिको लामो समय बित्दा पनि घर निर्माण नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यस वर्षको चिसो टहरामै बिताइरहनुपरेको छ । भूकम्पले जिल्लाका पहाडी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका र तीमध्ये अधिकांश चेपाङ समुदायका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधि...

जहाँ ८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

जहाँ ८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च
डोटी,१४ पुस । जिल्लास्थित दुर्गम स्थानीय तहका बासिन्दा ८० को विद्युत् महसुल तिर्न र २ हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौं टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ। शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भने, ुगाउँमा तीन महिनामा एक पटक विद्युत्को मिटर रिडिङ हुने गरेको छ।...

अहिलेको शिक्षा नितिले देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन : प्रदेश सांसद दाहाल

अहिलेको शिक्षा नितिले देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन  : प्रदेश सांसद दाहाल
हीरालाल गुरुङ कुरिनटार, १३ पुष । चितवन क्षेत्र न २ प्रदेश सभा (क)का प्रदेश सांसद घनश्याम दाहाल अविनासले अहिलेको शिक्षा नितिले देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने बताउनुभएको छ ।आज चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटारमा अवस्थित सर्वशान्ति माविको ४९ औँ बर्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै सांसद दाहालले शिक्षा निति काम नलाग्ने भएकै कारण यूवाहरु विदेशिनु परेको बताउदैँ शिक्षा नितिमा आमुल परिवर्तन आवस्यक रहेको बताउनुभएको हो । क...

पूर्वी चितवनको दुर्घटनामा परि एपिवान क्यामरा म्यानको मृत्यु

पूर्वी चितवनको दुर्घटनामा परि एपिवान क्यामरा म्यानको मृत्यु
चितवन, १३ पुष । पूर्वी चितवनको रत्ननगर १ निपनीमा आज भएको दुर्घटनामा १ जना युवकको मृत्यु भएको छ ।भरतपूरवाट टाँडी तर्फ जाँदै गरेको ना। २ ख २१६६ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना।६१।प ९२१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा चितवन भरतपूर ९ बस्ने २६ वर्षिय प्रविन पौडेलको मृत्यु भएको हो । ट्रकको ठक्करवाट गम्भीर घाईते पौडेलको भरतपूर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्य...

इच्छाकामनाको पर्यटन क्षेत्रमा टेवा पु¥याउन फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप

इच्छाकामनाको पर्यटन क्षेत्रमा टेवा पु¥याउन फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप
इच्छाकामना, १३ पुष । त्रिशुली नदीमा फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप (First Trishuli  Freestyle kayak Championship )हुने भएको छ । नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (NEPAL RAFT AND KAYAK CLUB FISHLING)को आयोजनामा पौष २१ जनवरी ५ मा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ स्थित त्रिशुली नदीमा संचालन हुने छन् । प्रतियोगितामा पहिलो हुनेले रु १५ हजार नगद र प्रमाणपत्र , द्वितिय हुनले रुं १० हजार नगद र प्रमाण तथा तेश्रो हुने...

ट्रकको ठक्करबाट चितवनमा साईकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट चितवनमा साईकलयात्रीको मृत्यु
चितवन, १३ पुस । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७...

मनाङमा १८ घण्टासम्म हिमपात

मनाङमा १८ घण्टासम्म हिमपात
मनाङ, १३ पुस । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भन्नुभयो, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि म...