देश / समाज

मनकामना बजारमा अनुगमन,धेरैजसो पसलहरु बिना दर्ता सञ्चालन

मनकामना, १८ पुस । जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामनामा बजार क्षेत्रमा अनुगमन गरेको छ । मंगलबार जिल्ला प्रशासनको टोलीले मनकामना बजारको १ सय २३ वटा विभिन्न पसलहरुको अनुगमन गरेको हो । सो क्षेत्रको ५२ होटल, १३ फोटो स्टुडियो, ४५ माला पसल र अन्य ठेकी, मादल तथा हस्तकलाको पसलको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका खरिदार रविलाल सुवेदीले जानकारी दिए । अनुगमनमा धेरैजसो पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाईएको उनले बताए । उनले भने ‘९० प्रतिशत माला पसलहरुको दर्ता नै नभएको पा...

पन्ध्र सय घुससहित खरिदार पक्राउ

सिमरा,१७ पुष । एक हजार पाँच सय घुस सहित खरिदार पक्राउ परेका छन् । बाराको सिमरास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कम्प्युटर सहायक (खरिदार) राज्यनारायण साह १५ सय रुपैयाँ घुससहित पक्राउ परेका हुन् सेवाग्राहीसँग काम गरिदिनका लागि लिएको १५ सय नगदसहित साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो। नागरिकताको लागि आवश्यक कागजात बाहिरी जिल्लाबाट मगाउनु पर्ने भन्दै साहले सेवाग्राहीसँग रकम मागेका थिए। सेवाग्राहीले नागरिकता बनाएर ...

चितवनमा पनि छैटौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो, विरामीलाई निशुल्क अण्डा वितरण

चितवनमा पनि छैटौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो, विरामीलाई निशुल्क अण्डा वितरण
चितवन १७ पुस । पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ । मासुमा नेपाल आत्मनिर्भर पनि भएको छ । नेपालमा पोल्ट्री व्यवसाय फष्टाउदो क्रममा रहेको छ । पोल्ट्रीलाई व्यवसायीहरुले दिवसको रुपमा मनाउन थालेका छन । नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो । दिवसको अबसरमा खुकुरा व्यवसायी संघ पूर्वी चितवनले रत्ननगरमा प्रभातफेरी,अन्र्तक्रिया र रक्तदान कार्यक्रम गरेको छ । अन्र्तक्रिया...

प्रदेश नं ३ को १० जिल्लामा १३ शीत भण्डार बन्दै

प्रदेश नं ३ को १० जिल्लामा १३ शीत भण्डार बन्दै
हेटौँडा, १७ पुस । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा गरी प्रदेशका १० जिल्लामा १३ वटा शीतभण्डार सञ्चालन गरिने छ । एउटा शीतभण्डार निर्माणमा रु चार करोड लगानी...

आज टोपी दिवस मनाइदैं

आज टोपी दिवस मनाइदैं
चितवन,१७ पुस । आज राष्ट्रिय ढाका टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्धर्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन ।

पर्यटकले भरिभराउ सौराहा, सबै होटल शतप्रतिशत बुकिङ

पर्यटकले भरिभराउ सौराहा, सबै होटल शतप्रतिशत बुकिङ
चितवन, १७ पुस । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन्...

अपशब्द प्रयोग गरेर गाली गर्दा हत्या

पोखरा, १७ पुस ।  कास्की प्रहरीले एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु एक वृद्धाको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका १० क्लिउ बस्ने ३१ बर्षिय बुद्धिमान सार्की, उनका बाबु ६० बर्षिय निमबहादुर सार्की र माईलो बाबु ७२ बर्षिय लाल सिंह सार्की रहेका छन् । पुस ८ गते साँझ तीनै जना ...

शक्तिखोर–फिस्लिङ सडक आयोजनाको शिलान्यास, दुई बर्षमा योजना सम्पन्न हुने

शक्तिखोर–फिस्लिङ सडक आयोजनाको शिलान्यास, दुई बर्षमा योजना सम्पन्न हुने
चितवन, १६ पुस । इच्छाकामना गाउँपालिकाको फिस्लिङदेखि कालिका नगरपालिकाको शक्तिखोर जोड्ने सडकको शिलान्यास गरिएको छ । ३७ किलोमिटर लामो फिस्लिङ–शक्तिखोर सडक निर्माणका लागी सांसद कृष्णभक्त पोखरेलले सोमबार शक्तिखोरमा शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पश्चात बोल्दै सांसद पोखरेलले फिस्लिङ शक्तिखोर सडक निर्माण भएपछि काठमाडौं जान आउन सहज हुने बताउनुभयो । शक्तिखोर नयां पुल्चोकका रुपमा रुपमा विकास हुने भन्दै पोखरेलले यहांको पर्यटन विकासका लागी पहाडी भेगमा एकिकृत बस्तिको विकास गरिन...

दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा गोरखाका डा. श्रेष्ठ नियुक्त

दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा गोरखाका डा. श्रेष्ठ नियुक्त
गोरखा १६ पुस । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा विज्ञको रुपमा मनोनयन हुनु भएको छ । नेपाल सरकारको मिति २०७५ पुस १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले डा। श्रेष्ठलाई दुई वर्षको संस्थानको बोर्ड सदस्यमा मनोनयन गरेको हो । भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर गर्नुभएका डा। श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । गोरखाको जौवारी स्थायी घर भएका उहाँ यसअघि पनि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य...

हरियाली बनाइदै चितवनको शक्तिखोर औद्योगिक क्षेत्र

हरियाली बनाइदै  चितवनको शक्तिखोर औद्योगिक क्षेत्र
चितवन, १६ पुस । जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउनुभयो । सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने उह...