चितवन, १६ पुस । गोरखाको मनकामना मन्दिर हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण आस्थाको केन्द्रको रुपमा रहेको धार्मिक स्थल हो । यहाँ नेपालका विभिन्न जिल्लाका अलावा छिमेकी देशबाट समेत भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् ।
विक्रम सम्वत १६३६ ताका निर्माण भएको यस मन्दिरमा मगर जातिका व्यक्ति मूल पूजारीको रुपमा रहेका छन नमस्ते बिहानी साप्ताहिकमा खबर छ । तीन वर्ष अगाडि आएको विनाशकारी भूकम्पपछि मन्दिरमा पूजाआजाको काम प्रभावित भएको भएपनि मन्दिरको जीर्णोद्वारा पछि गत मंसिर १२ गते भक्तजनहरुको लागि मन्दिरभित्र पूजा गर्ने व्यवस्था मिलाइएको छ । ईच्छाएको कुराहरु पूजा हुने जनविश्वासका साथै यहाँ भक्तजनहरु आउने गर्दछन् ।
तीन वर्ष लगाएर मन्दिरको जीर्णोद्वार कार्य सकिएको हो । मन्दिरको जीर्णोद्वार आठ करोडमा हुने भनेर काम सुरु गरिएको भएपनि जीर्णोद्वार सकिने बेलासम्म करिब १२ करोड रुपैयाँ खर्च भएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरको जीर्णोद्वारका लागि नेपाल सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको थियो भने बाँकी रकम मन्दिरमा जाने भक्तजनहरुबाट चन्दाको रुपमा संकलन गरिएको थियोनमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
मनकामना मन्दिरमा दर्शन गर्नका लागि केबुलकार, पदमार्ग, यातायातका साधनमा गरि दैनिक पाँच हजार भन्दा बढी व्यक्तिहरु पुग्ने गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरीधारी सापकोटाले बताए । सामान्य अवस्थामा पाँच हजार व्यक्तिहरुले मन्दिरमा दर्शन गर्ने गरेको भएपनि शनिबार लगायत सार्वजनिक विदाको दिनमा १० हजारसम्म भक्तजनहरु मन्दिरमा पुग्ने गरेका सापकोटाको भनाइ नमस्ते बिहानी साप्ताहिकमा खबर छ । मनकामना मन्दिरमा पूजा गर्नका लागि ५÷६ घण्टासम्म भक्तजनहरु लाइन लाग्नुपर्ने गरेको सापकोटाले बताए ।
मन्दिरमा भक्तजनहरुको लाइन लामो हुँदा व्यवस्थापनमा समेत समस्या पर्ने गरेको स्थानीयहरु बताउँछन् । मनकामना मन्दिर पुग्ने भक्तजनहरुले क्षेत्र विकास समित, जीर्णोद्वार समिति र मन्दिरमा भेटि चढाउने गर्दछन् । क्षेत्र विकास समितिको दान पेटिकामा हाल्ने गरिएको पैसा मासिक रुपमा कम्तिमा दुई लाख रुपैयाँ संकलन हुने गरेको भएपनि मन्दिरमा चढाइने भेटिबारे कसैलाई पनि थाहा छैन ।
मन्दिरमा चढाउने गरेको भेटिमा पूजारीको मनपरी रहेको स्थानीयको भनाइ छ । क्षेत्र विकास समितिको दान पेटिकामा राखिएको पैसा भन्दा मन्दिरमा भेटि बढी संकलन हुने गरेको भएपनि पूजारी बाहेकका व्यक्तिलाई ती पैसाको बारेमा जानकारी नहुने गरेको स्थानीय बताउँछन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ । दैनिक पाँच हजार भन्दा बढी व्यक्ति पूजा गर्न जाने गरेको र सबैले धेरै थोरै भेटि मन्दिरमा चढाउने गरेको भएपनि त्यसको हिसाब किताब नै छैन ।
मनकामना मन्दिरमा चढाइने भेटिको बारेमा सरकारले समेत प्रश्न उठाउने गरेको छैन । केही समय अगाडि महालेखा परीक्षकको कार्यालयबाट पुगेका व्यक्तिले समेत मनकामनाको भेटीको बारेमा वास्ता नगरेको सरोकारवालाहरु बताउँछन् । त्यस्तै मनकामना मन्दिरको जीर्णोद्वारका लागि भनेर निर्माण भएको समिति समेत सरकारको कुनै पनि निकायमा दर्ता विना नै आर्थिक कारोबार गर्दै आएको छ ।
जीर्णोद्वार समितिले आफ्नै रसिद निर्माण गरेको छ, स्ट्याम्प समेत निर्माण गरि चन्दा संकलन गरेको छ नमस्ते बिहानी साप्ताहिकमा खबर छ । यद्यपि मनकामना मन्दिर जीर्णोद्वार समिति सरकारी निकायमा दर्ता विना नै सञ्चालन हुँदै आएको छ । जीर्णोद्वार समितिको नाममा आउने पैसा र खर्च भएको पैसाको बारेमा समेत हिसाब किताब हुने गरेको छैन ।