काठमाडौं,१६ पुस । काठमाडौँ जिल्ला अदालतमाकार्यरत डिट्ठा ९खरिदार० बिदुर पोखरेल घुस सहित पक्राउ परेका छन् ।  अदालतबाट डोर खटिएर बण्डा मुचुल्का बनाउने प्रयोजनका लागि १० हजार घुुस लिइसकेको अवस्थामा पोखरेललाई सोह्रखुट्टेबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता ९सह–सचिव० रामेश्वर दंगालले जानकारी दिए ।

आइतबार सोह्रखुट्टेस्थित ‘एस।बी फास्टफुड’ बाट नियन्त्रणमा लिइएका पोखरेलमाथि हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।