पोखरा, १७ पुस । कास्की प्रहरीले एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु एक वृद्धाको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ ।
प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका १० क्लिउ बस्ने ३१ बर्षिय बुद्धिमान सार्की, उनका बाबु ६० बर्षिय निमबहादुर सार्की र माईलो बाबु ७२ बर्षिय लाल सिंह सार्की रहेका छन् ।
पुस ८ गते साँझ तीनै जना मिलेर दीलबहादुरको हत्या गरेको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ । मृतकले आफुँहरुलाई अपशब्द प्रयोग गरेर गाली गरेपछि हत्या गरेको बताएका छन् । हत्याराहरुले रक्सी पिएको र त्यही बेला हत्या भएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।