गोरखा १६ पुस । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा विज्ञको रुपमा मनोनयन हुनु भएको छ । नेपाल सरकारको मिति २०७५ पुस १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले डा। श्रेष्ठलाई दुई वर्षको संस्थानको बोर्ड सदस्यमा मनोनयन गरेको हो ।
भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर गर्नुभएका डा। श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । गोरखाको जौवारी स्थायी घर भएका उहाँ यसअघि पनि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत अन्य संस्थामा पनि आवद्ध भएर काम गरी सक्नु भएको छ ।
संस्थानको बोर्ड सदस्यमा नियुक्त हुनु भएका डा।श्रेष्ठले संस्थानको बिकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालन गर्दै संस्थानको सवैखालको बिकासका लागि म प्रतिबद्ध छु ।’ उहाँले आफुले सिकेका सवै खालका अनुभवलाई दुग्ध बिकास संस्थानको बिकासमा लगाउने समेत बताउनुभयो ।