देश / समाज

चितवन घर भएका सशस्त्रका पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

चितवन घर भएका सशस्त्रका पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर
काठमाडौँ, १९ पुस । सशस्त्र प्रहरी बलका पूर्व एआइजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले बिहीबार भट्टराईलाई दोषी ठहर गरेको हो। भट्टराईले सशस्त्र प्रहरीमा काम गर्दा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि उनलाई विशेषले भ्रष्टाचारी ठहर गर्दै नौ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको विषेश अदालतका रजिष्ट्रार भिम श्रेष्ठले जानकारी दिए। विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रम...

अन्तत:रेशमलाल चौधरीले लिए सांसदको शपथ

अन्तत:रेशमलाल चौधरीले लिए सांसदको शपथ
काठमाडौँ,१९ पुस । सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्। शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए...

सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण

सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतर...

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
काठमाडौं,१९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संयोजक अधिकारीले जानकारी दिए। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवा...

गाडी रिजर्भ गरी पोखरादेखि भरतपुर आई श्रीमतीमाथि एसिड प्रहार

गाडी रिजर्भ   गरी पोखरादेखि भरतपुर आई श्रीमतीमाथि एसिड प्रहार
चितवन,१९ पुस । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्र...

चितवन महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन तयारी तीब्र

चितवन, १८ पुस । १२ औं चितवन महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन नारायणीकला मन्दिर नारायणगढले तयारीको गति बढाएको छ । कलामन्दिरमा नृत्य तथा गायनको रियाज गर्ने समुहको भिड बिहान देखि साँझ सम्म नै उत्तिकै देखिन थालेको छ । महोत्सवमा कलामन्दिरले २५ वटा नृत्य र १० आधुनिक गीत तथा ११ वटा लोक गीत पस्कने कलामन्दिरका अध्यक्ष अमर प्रधानले बताए । “चितवन महोत्सवको हरेक संस्करणमा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मा सम्हाल्दै आएको नारायणीकला मन्दिर यस वर्षको संस्करणलाई विगत...

इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला

इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला
चितवन, १८ पुस । चितवनको एकमात्र गाँउपालिका इच्छाकामना सुन्तला खेतीका लागि निकै उर्वर मानिन्छ । हिमालको चिसो हावा सिधा वहने भएकोले पनि इच्छाकामनाको मुग्लिन र फिसलिङदेखि माथिल्लो भेग सुन्तलाको पकेट क्षेत्रको रुपमा स्थापित भएको छ । हिजोआज इच्छाकामना पुग्ने जो कोहीलाई बोटभरी लटरम्म फलिरहेका पहेलपुर सुन्तलाले मोहित पार्छ । इच्छाकामनाको उकालो लागेपछि प्रत्येक घरमा रहेका सुन्तला वगैचा सो क्षेत्रका जनताको जीवन धान्ने मुख्य आधार बनेको छ । इच्छाकामनामा सुन्तला खेती गर्ने किसानहरुले ...

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीसहित दुई मन्त्रीमाथि कारबाही सिफारिस, हेरौँ पुरा विवरण

काठमाडौँ,१८ पुस । दुई वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ । अनियमिततामा संलग्न रहेको ठहरसहित पूर्व र वहालवालासहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरिएको छ । वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाखभ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार लेखा समितिलाई बुझाएको हो। कारबाही सिफारिसमा वहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्व...

चोरीमा संलग्न तीनजना पक्राउ

जनकपुरधाम, १८ पुस । जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव रहेका छन् । जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले पक्राउ परेकाले ग्यास प्रयोग गरी सटर काटेर चोरी गर्ने गरेको बताउनु...

एक बर्षको अवधीमा बन्दीपुरमा डेढ लाख पर्यटक

एक बर्षको अवधीमा बन्दीपुरमा डेढ लाख पर्यटक
दमौली, १८ पुस । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् ।सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिनुभयो । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । “भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका छन्,” उहाँले भन्नुभयो । यहाँ आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्...