देश / समाज

इच्छाकामनामा फालेको अवस्थामा नवजात शिशु भेटियो

इच्छाकामनामा  फालेको अवस्थामा नवजात शिशु भेटियो
कुरिनटार, २१ पुस । इच्छाकामनामा शनिबार जन्माई फालेको अवस्थामा एक नवजात शिशु फेला परेको छ । चितवनको इच्छाकामना ४ लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको पारी फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त शिशुलाई अहिले उद्वार गरि दारेचोक स्वास्थ्य चौकीमा राखिएको छ । कसले बच्चा जन्माएर फालिएको हो भन्ने अहिले पत्ता नलागेको प्रहरीले जनाएको छ । उक्त शिशु अबैध सम्बन्धबाट जन्मिएका कारण फालेको हुन सक्ने स्...

वाइडबडी घोटाला प्रकण : सांसद विभाजित

वाइडबडी  घोटाला प्रकण :   सांसद विभाजित
काठमाडौं, २१पुस । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपसमितिको प्रतिवेदनलाई लिएर सांसदहरू विभाजित भएका छन्। उपसमिति प्रतिवेदनमा पहिलोपटक सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका कारण पारित हुन सकेन। लेखा समितिले कांग्रेसका सांसद राजन केसी संयोजकत्वको सात सदस्यीय उपसमितिमार्फत १५ दिन लगाएर तयार पारेको प्रतिवेदनमा शुक्रबार छलफल गरेको थियो। छलफलबाट कुनै निर्णयमा पुग्न नसकेपछि प्रतिवेदनलाई आवश्यक संशोधनसहित सोमबार बस्ने बैठकमा पेस गरिने भएको छ। समिति सभापति भरतकुमार शाहल...

चितवनको कुरिनटारमा फोहर ब्यवस्थापन केन्द्र

इच्छाकामना,२१ पुस । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्ग क्षेत्र र मुख्य बजारमा निस्कने फोहर ब्यवस्थापन गर्न फोहर संकलन तथा ब्यवस्थापन केन्द्र स्थापना गरेको छ । फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा केन्द्र निर्माण गरेको हो । फोहर ब्यवस्थापन केन्द्र निर्माणको काम सकिएको र पुस महिना भित्रै संचालनमा आउने इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो । “फोहर ब्यवस्थापन केन्द्र सं...

आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ हुने

आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ हुने
राम बहादुर धामी आँबुखैरेनी, २१ पौष । तनहुँको आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीले आज पत्रकार सम्मलेन मार्फत यही माघ १७ गते देखि माघ २७ गते सम्म आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ गर्न लागेको जानकारी दिएको हो । “अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका साथ आँबुखैरेनी–३, मिलनचोक सैबोटेमा सो महोत्सव संच...

वाइडबडी खरिद प्रकरण : सुगतरत्न कंसाकारलाई कालोमोसो

वाइडबडी खरिद प्रकरण :  सुगतरत्न कंसाकारलाई कालोमोसो
काठमाडौँ, २० पुस । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

त्रिवेणी वराह माविमा नि:शुल्क दन्त शिविर तथा औषधी र कपडा बितरण

त्रिवेणी वराह माविमा नि:शुल्क दन्त शिविर तथा औषधी र कपडा बितरण
मुग्लिन, २० पुस । मुग्लिन, त्रिवेणी वराहा मावि मुग्लिनमा विद्यार्थीहरुको नि: शुल्क दन्त परिक्षण गरिएको छ ।  शुक्रबार चितवन मेडिकल कलेज भरतपुरबाट आउनुभएका  ओरल डेभलपिङ कन्ट्रिज  (oral care for developing countries) का एम्बेसडर यूथ (youth ambassador) बिनय सुवेदीको नेतृत्वमा डा.सरू श्रेष्ठ लगायत दन्त चिकित्सक समूहले इच्छाकामना गाउँपालिका वडा न ५ त्रिवेणी वराह मा.वि. मुग्लिनमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको नि: शुल्क दन्त परीक्षण तथा औषधी वितरण गरिएको हो । शिविरमा २२० जना...

रवि लामीछानेले आफै गरे यस्तो खुलासा पूर्व पत्नी र प्रेमीका बारे

रवि लामीछानेले आफै गरे यस्तो खुलासा पूर्व पत्नी र प्रेमीका बारे
काठमाडौँ,२० पुस । जनतासंग सिधा कुराका कार्यक्रम प्रश्तोता रवि लामिछानेले आफ्नो पूर्व पत्नी बारे नयाँ कुरा खुलासा गरेका छन् । उनले शुक्रबार सामाजिक संजाल फेसबुकबारे यस्तो खुलासा गरेका हुन् । हेरौँ उनको स्टाटस जस्ताको तस्तै नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मे...

सार्वजनिक विदा थप्दै सरकार

काठमाडौं,२० पुस । सरकारले पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७ सालका लागि थप ११ दिन सार्वजनिक विदा थप्ने भएको छ। विभिनन जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रूपमा लिँदै तीन दिनमा सार्वजनिक विदा दिने तयारी सरकारले गरेको हो।  आदिवासी जनजातिलगायत विभिन्न संघसंस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएको भन्दै ध्यानाकर्षण गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरवलोकन गर्न बनेको तीन सदस्यीय कार्यदलले विदा थप्ने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, संस्...

प्रधानमन्त्री कार्यालयमै गुपचुप ३३ किलो सुन तस्करी प्रतिवेदन

प्रधानमन्त्री कार्यालयमै गुपचुप ३३ किलो सुन तस्करी प्रतिवेदन
काठमाडौं,२० पुस । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारेमा थप अनुसन्धान बढाइने छ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरु छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एक अर्कालाई औला तेर्स्याउन थालेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समिति प्रतिवेदन कहाँ छरु त्यसमा के भइरहेको छरु गृह मन्त्रालायमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्या...

प्रदेश ३ सरकारको यस्तो निर्णय , कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि

प्रदेश ३ सरकारको यस्तो निर्णय , कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि
हेटौँडा, १९ पुस । प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ ।प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । जसअनुसार महानगर कार्यपालिका सदस्यले मासिक रु १५ हजार, उपमहानगरकाले रु १३ हजार, नगरपालिकाले रु ११ हजार र गाउँपालिका कार्यपालिका सदस्यले रु सात हजार पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले रु आठ हजार, उपमहानगरकाकाले रु सात हजार ...