काठमाडौँ,१८ पुस । दुई वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ । अनियमिततामा संलग्न रहेको ठहरसहित पूर्व र वहालवालासहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरिएको छ ।
वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाखभ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार लेखा समितिलाई बुझाएको हो।
कारबाही सिफारिसमा वहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीतेन्द्रनारायण देव, जीवनबहादुर शाही परेका छन्। पूर्वमन्त्री देवलाई भुक्तानी सिफारिस गरेको र शाहीले वाइडबडी खरिद गर्दा यथेष्ट सतर्कता नअपनाएको आरोप लागेको छ। त्यस्तै कारबाहीको सिफारिसमा सचिवहरु प्रेम राई, शंकर अधिकारी, कृष्णप्रसाद देवकोटा छन्।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ
https://drive.google.com/file/d/1O6XxGjwt5BkX8tPncz-iVIUHaEFucjL5/view
<iframe src=”https://drive.google.com/file/d/1O6XxGjwt5BkX8tPncz-iVIUHaEFucjL5/preview” width=”640″ height=”480″></iframe>