देश / समाज

विकास गाउँकेन्द्रित हुनुपर्नेमा मेयर दाहालको जोड

विकास गाउँकेन्द्रित हुनुपर्नेमा मेयर दाहालको जोड
चितवन,२२ पुस । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अबको विकास गाउँकेन्द्रित हुनु पर्ने बताउनु भएको छ । पटिहानी आयुर्वेद औषधालय भवन शिलान्यास समारोहलाई आज आइतबार भरतपुर महानगरपालिका २२ मधुपुरीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेल लगायतका क्षेत्रमा विकासलाई प्रथमिकता दिएको बताउँदै महानगर प्रमुख दाहालले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गर्नुभयो । उहाँले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र वडाध्यक्षहरु स...

आज दिपक मनाङगेले प्रदेश सभा सदस्य पदको सपथ लिने

काठमाडौं,२२ पुस । ज्यान उद्योगमा मुद्वा खेपीरहेका मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्। प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ। हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए। मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई ...

नेपालद्वारा ७७ जना विदेशी नागरिकलाई देशनिकाला

काठमाडौं, २२ पौष । सरकारले वैशाखयता विभिन्न २४ देशका ७७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ । गृह मन्त्रालयका अनुसार भिसाविना नै नेपाल बसेका, लागुऔषध कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउनेलाई देशनिकाला गरिएको हो । देशनिकालामा पर्ने नागरिकहरुमा पाकिस्तानका सबैभन्दा बढी २३ जना रहेका छन् । समाचार आजको नयाँ पत्रिकादैनिकमा प्रकाशित छ ।

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै
विष्णु नेपाल चितवन, २२ पुस । निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा । सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छैन । तर निभाका अहोरात्र हेरचाहमा खटिनुभएका प्राविधिक गणेश केसी राति ननिदाउनु भएको एकहप्ता नाँघिसक्यो । प्राविधिक केसीले हसिलो मुद्रामा भन्नुभयो, “निभाको सुत्केरी हुने दिन आउन लाग्यो । कह...

नेपालकै यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ

नेपालकै यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ
पर्वत, २२ पुस । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो। प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो। यस वर्ष ५ विद्यार...

प्रदेश ३ मा सरकारी लगानीमा सामुहिक खेती प्रणाली सूरु

प्रदेश ३ मा सरकारी लगानीमा सामुहिक खेती प्रणाली सूरु
सिन्धुली, २२ पुस । प्रदेश नं ३ अन्तर्गत पर्ने सिन्धुली जिल्लाबाट प्रदेश सरकारले चक्लाबन्दी सामुहिक खेती प्रणाली सूरु गरेको छ । प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको सुरु गरेको हो । सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती पहिलो चरणमा एक सय विगाहा क्षेत्रफलमा सुरु गरिएको हो । जसमा नगरपालिका भित्रका करिब डेढसय किसान सहभागी हुनेछन् । सामुहिक खेतीबाट उत्पादन भएको धान,मकै,गहुँ,तोरी लगाएतका खाद्यान्नको बजारिकरणको ब्यवस्था ...

नेपाली सेनाले किन्दै चार महँगा हेलिकोप्टर

नेपाली  सेनाले किन्दै चार महँगा हेलिकोप्टर
काठमाडौं, २२ पौष । नेपाली सेनाले चारवटा महँगा हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाएकाे छ । सेनाको दीर्घकालीन हवाई योजनाअन्तर्गत खरिद गर्न लागिएका हेलिकोप्टर भिभिआइपीका लागि प्रयोग गरिने छ । सन् २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने योजनाअनुसार हाल एउटा हेलिकोप्टर अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको र छिट्टै नै कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरको खरिद मूल्य डेढ अर्बभन्दा बढी रहेको जनाइएको छ । चारवटै हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमु...

सुमन तामाङ बने पहिलो त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियन (भिडियो र फोटो फिचर सहित)

सुमन तामाङ बने पहिलो त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियन  (भिडियो  र फोटो फिचर सहित)
फिस्लिङ,२१ पुस । त्रिशुली नदीमा फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप  (First Trishuli  Freestyle kayak Championship ) सम्पन्न भएको छ । नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ  को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ स्थित त्रिशुली नदीमा भएको प्रतियोगितामा सुमन तामाङ पहिलो भएका छन् । त्यसै गरि सुरज ग्ुरुङ दोश्रो र राजन कंडेल तेश्रो भएका छन् । पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश रु १५ हजार नगद र प्रमाणपत्र , रुं १० हजार नगद र ...

प्रेस युनियनको केन्द्र र प्रदेश अध्यक्षमा चितवनका अग्रज पत्रकार सिफारिस

भरतपुर, २१ पुस  । नेपाल प्रेस युनियन चितवनले केन्द्र र प्रदेश अध्यक्षमा दुई जनाको नाम प्रस्ताव गरेको छ । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले चितवनका दुई अग्रज पत्रकारलाई केन्द्र तथा प्रदेशस्तरको अधिवेसनमा अध्यक्षका उम्मेदवारका रुपमा प्रस्ताव गरेको जानकारी दिए । आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षमा दीपक आचार्य र प्रदेश अध्यक्षमा नारायणप्रसाद अधिकारीलाई कार्यसमिति बैठकले प्रस्ताव गरेको उनले बताए । आचार्य हाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी युनियन चितवनका निर...

चेपाङको पिडाः आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ

चितवन,२१ पुस । पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ ।जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन् । उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउछन् । आठ सन्तानका बाबु बुद्धिबहादुरले भने, “आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ ।” चिसोले बालब...