कुरिनटार, २१ पुस । इच्छाकामनामा शनिबार जन्माई फालेको अवस्थामा एक नवजात शिशु फेला परेको छ । चितवनको इच्छाकामना ४ लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको पारी फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उक्त शिशुलाई अहिले उद्वार गरि दारेचोक स्वास्थ्य चौकीमा राखिएको छ । कसले बच्चा जन्माएर फालिएको हो भन्ने अहिले पत्ता नलागेको प्रहरीले जनाएको छ ।
उक्त शिशु अबैध सम्बन्धबाट जन्मिएका कारण फालेको हुन सक्ने स्थानिहरुले आंशका गरेका छन् ।
शिशुलाई भरतपुर लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ। शनिबार विहान उक्त शिशुलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तस्बिर श्रोत : रामु थापा मगर फेसबुक