मुग्लिन, २० पुस । मुग्लिन, त्रिवेणी वराहा मावि मुग्लिनमा विद्यार्थीहरुको नि: शुल्क दन्त परिक्षण गरिएको छ ।  शुक्रबार चितवन मेडिकल कलेज भरतपुरबाट आउनुभएका  ओरल डेभलपिङ कन्ट्रिज  (oral care for developing countries) का एम्बेसडर यूथ (youth ambassador) बिनय सुवेदीको नेतृत्वमा डा.सरू श्रेष्ठ लगायत दन्त चिकित्सक समूहले इच्छाकामना गाउँपालिका वडा न ५ त्रिवेणी वराह मा.वि. मुग्लिनमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको नि: शुल्क दन्त परीक्षण तथा औषधी वितरण गरिएको हो ।
शिविरमा २२० जना विद्यार्थीको दन्त परिक्षण गरिएको थियो । साथै गरिब , सीमान्तकृत चेपाङ र विपन्न वर्गका १ सय जनालाई दन्तमन्जन एवं टुथ ब्रस र १०५ जनालाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक यूवराज लामाले जानकरी दिनुभयो ।