तनहुँमा विद्यार्थीहरुद्धारा च्याउखेती शुरु
आँबुखैरेनी, ३ माघ । तनहुँको आँबुखैरेनी गा.पा.१ सत्रसयमा रहेको मित्रता मा.वि.मा ब्यवशायीक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले च्याउखेती शुरु गरेका छन् ।
ब्यवशायीक शिक्षा अन्तरगत डिप्लोमा ईन एग्रीकल्चर ( बाली विज्ञान) विषयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुले आफ्नै लगानीमा च्याउखेती शुरु गरिएको विद्याालयका प्रधानाध्यापक धु्रव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको २ वटा खाली रहेको कक्षाकोठामा च्याउखेती शुरु गरिएको र वीउ खरिदका लागी स्थानीय मिलिजुली कृषि सह...