देश / समाज

जब वाइडबडीमा माहुरी झुम्मिएपछि‘…

जब वाइडबडीमा माहुरी झुम्मिएपछि‘…
काठमाडौँ, २ माघ ।  काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्‍यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । ‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले ट...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन सुरु

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन सुरु
काठमाडौं,२ माघ । काठमाडौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन सुरु गरेको जानकारी दिए। उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उनले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन ग...

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी
बाजुरा, २ माघ । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिनुभएको छ । “प...

बाग्लुङमा प्रहरीको कुटाइबाट दुई जना घाइते

बाग्लुङमा प्रहरीको कुटाइबाट दुई जना घाइते
बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले जानकारी दिनुभयो । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । “घटनाको छानबिन गरी दोषीलाई कारवाही ग...

अब देखि खेती योग्य जमिन बाँझो राख्न नपाईने, बाँझो राखे तीन लाखसम्म जरिवाना

अब देखि खेती योग्य जमिन बाँझो राख्न नपाईने, बाँझो राखे तीन लाखसम्म जरिवाना
काठमाडौँ,२ माघ । जग्गाको कित्ताकाट खोलिएको एक साता नबित्दै सरकारले भू–उपयोग सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । जस अन्तर्गत खेतीयोग्य जमिन बाँझो राखे तीन लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । संसदबाट सो विधेयक सोझै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्नेछ । खेतीयोग्य जग्गालाई कुनै व्यक्तिले लगातार तीन वर्षसम्म बाँझो राख्यो भने सोले जरिवाना तिर्नुपर्नेछ यदि जरिवाना तिर्न सकेन भने त्यो जग्गा छाड्नुपर्ने व्यवस्थासमेत विधेयकमा राखिएको छ ।...

रत्ननगरका कर्मचारीलाई कडाई,कामप्रति उत्तरदायी हुन निर्देशन

रत्ननगरका कर्मचारीलाई कडाई,कामप्रति उत्तरदायी हुन निर्देशन
चितवन, १ माघ । चितवनको रत्ननगर नगरपालिकाले कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी हुन निर्देशन दिएको छ ।जनप्रतिनिधिको लागि आचासंहिता लागु गरे लगतै कर्मचारीलाई पनि कडाई गरिएको हो । नगरपालिकाले विहन ठिक १० बजे कार्यालयमा हाजिर हुन, कार्यालय अबधि भर बस्न,नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिएको हो । नगरािलिकाले कार्यालय समयमा बाहिर जानु परेमा अनिवार्य रुपमा कार्यालय प्रमुखसंग अनुमति लिनुपर्ने र कार्यालय प्रमुख नभए शाखा प्रमुखलाई जानकारी गराई लगबुक भरेर मात्र बाहि...

आज एकै दिन ६० हजार दर्शकले गरे चितवन महोत्सवको अवलोकन

चितवन, १ माघ । चितवनको नारायणगढ स्थित नारायणी नदी किनार प्रदर्शनी मैदानमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सव मंगलबार सबैभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मंगलबार माघे सङ्क्रान्ति पर्व समेत परेकाले देवघाट स्नान गर्न आएका व्यक्तिहरु महोत्सवस्थल प्रवेश गर्दा दर्शकहरुको भीड अत्यधिक बढेको हो । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानका अनुसार मंगलबार मात्रै ६० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा ...

माघे संक्रान्ति पर्व मनाइँदै, देवघाटमा विहानैदेखि भक्तजनको घुइँचो

चितवन ,१ माघ । आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ । खासगर...

प्रदेश ३ मा बजेट तथा स्रोत समिति गठन

प्रदेश ३ मा  बजेट तथा स्रोत समिति गठन
हेटौंडा, ३० पुस । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ ।मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो ।   समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटा हुनुहुन्छ भने प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट बैंक प्रदेश कार्या...

असी वर्षको उमेरमा नागरिकता पाएपछि आँबुखैरेनीकी उजेली परिन् दंग

असी वर्षको उमेरमा  नागरिकता पाएपछि आँबुखैरेनीकी उजेली परिन् दंग
तनहुँ , ३० पुस । आँबुखैरेनी गाउँपालिका ६ की उजेली गुरुङले ८० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । शनिबार जिल्ला प्रशासन कार्यालय तनहुँले प्युघरफाँटमा एकिकृत घुम्ति शिविर सञ्चालन गरेपछि गुरुङले नागरिकता बनाएकी हुन् । नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भक्ता उनले अझै पाउन सकेकि थिइनन् । असी बर्षमा नागरिकता पाएपछि उनी खुसीले दंग परिन् । शुक्रबार र शनिबार आँबुखैरेनीको ६ नं. वडा अन्तर्गत हिलेखर्क र प्युघरफाँटमा भएको दुईदिने घुम्ति शिविरबाट ११२ जनाले नागरिकता बन...