आँबुखैरेनी, ३ माघ । तनहुँको आँबुखैरेनी गा.पा.१ सत्रसयमा रहेको मित्रता मा.वि.मा ब्यवशायीक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले च्याउखेती शुरु गरेका छन् ।
ब्यवशायीक शिक्षा अन्तरगत डिप्लोमा ईन एग्रीकल्चर ( बाली विज्ञान) विषयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुले आफ्नै लगानीमा च्याउखेती शुरु गरिएको विद्याालयका प्रधानाध्यापक धु्रव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको २ वटा खाली रहेको कक्षाकोठामा च्याउखेती शुरु गरिएको र वीउ खरिदका लागी स्थानीय मिलिजुली कृषि सहकारी संस्था बरादीले सहयोग गरेको जानकारी दिनुभयो ।
च्याउखेतीको बुधबार एक कार्यक्रमको आयोजना गरी शुरु गरिएको विद्यार्थी रेश्मा भट्टराईले जानकारी दिनुभयो । वि।ब्या।स। अध्यक्ष भिष्मकान्त गौलीको सभापतित्वमा भएको सो कार्यक्रममा शि।अ।संघका अध्यक्ष हरिप्रसाद काराखेतीले कृषि विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रयोगात्मक अभ्यासका लागि विद्यालयको केही जग्गा ब्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ९ तरकारी जोन ० तनहुँका प्रमुख कुलप्रसाद अधिकारीले च्याउखेती तरकारी खेती अन्तरगत नराखिएको भन्दै आगामी वर्षबाट यस खेतीलाई पनि सहयोग हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सो कार्यक्रममा वडा सदस्य सरस्वती अधिकारी, मिलिजुली सहकारीका अध्यक्ष इश्वरबावु गौली, देवीस्थान कृषक समूहकी पद्मा रसायली, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको सहकर्मी श्रीराम भट्टराईले जानकरी दिनुभयो । कार्यक्रममा गायक कमल सापकोटाले युवाहरुलाई नेपालमै बसेर कृषि कर्म गर्न आह्वान गर्दै गीत प्रस्तुत गर्नुभएको थियो ।