इच्छाकामना ,२ माघ । एक्काइसौँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा चितवनको कुरिनटारमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । शशस्त्र प्रहरी बल नेपाल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन र इच्छाकामना गाँउपालिको संयुक्त आयोजनामा विपत जोखिम न्यूनिकरणका लागी जनचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा विपत हुनु अघि, विपतका बेला र विपत भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानी बारेमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै शशस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख किशोर प्रधानले प्राकृतिक विपती कुनै सन्देश दिएर नआउने भन्दै जुनसुकै बेला हुनसक्छ दैवीप्रकोपलाई निराकरण गर्न नसकेपनि न्यूनीकरण गर्न सकिने बताउनुभयो । यस्तै इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले गाँउपालिकामा शशस्त्र प्रहरीको विपत ब्यवस्थापन तालिम शिक्षालय हुनु गौरबको बिषय भएको बताउनुभयो ।

गाँउपालिकामा रहेको विपत ब्यवस्थापन समिति मार्फत गाँउ–गाँउमा तालिम र जनचेतनामूलक सन्देशहरु प्रवाह गर्ने गुरुङले प्रतिबद्धता जनाउनुभयो । शशस्त्र प्रहरीले आफ्नो ज्यानको बाजी राखेर विपतमा परेकाहरुको उद्धारमा पु¥याएको योगदानको अध्यक्ष गुरुङले प्रशंसा गर्नुभयो ।