देश / समाज

यी पाँच शिर्षकका कर हटाउन स्थानीय तहलाई निर्देशन

यी पाँच शिर्षकका कर हटाउन स्थानीय तहलाई निर्देशन
काठमाडौं, १९ माघ । स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तत्काल खारेज गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै ३१ बुँदे निर्देशन पठाएको हो । नयाँ पत्रिका दैनिकमा सुवास भट्टले खबर लेखेका छन् । यी कर खारेज गर्न निर्देशन -प्रदूषण शुल्क -पटके सवारीसाधन कर -सवारीसाधन तथा त्यससँग जोडिएका सबै कर -सेवा नै नदिएको शीर्षकमा उठाएको सेवा शुल्क -व्यावसायिक करको दायरामा ...

चीनको एउटा निर्णयले नेपालको यार्सा अलपत्र

चीनको एउटा निर्णयले नेपालको यार्सा अलपत्र
बझाङ, १९ माघ । चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्‍याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए। ‘म...

चर्चित नेपालि कलाकार बीएस राणाको निधन

चर्चित नेपालि कलाकार बीएस राणाको निधन
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्त...

भाषा, संस्कृतिको पहिचान र संरक्षणमा टेवा पु¥याउन आबुँखैरेनीमा महोत्सव फोटो र भिडियो सहित

भाषा, संस्कृतिको पहिचान र संरक्षणमा टेवा पु¥याउन आबुँखैरेनीमा महोत्सव फोटो र भिडियो सहित
तनहुँ ,१७ माघ । आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव सुरु भएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषद तनहुँको आयोजनामा आँबुखैरेनी–३, सैबोटेमा महोत्सव सुरु भएको हो । माघ २७ गते सम्म संचालन हुने महोत्सवको बिहिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले महोत्सवको माध्यमबाट जनजातीहरुको आफ्नो भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न सके मात्र महोत्सवले सार्थकता पाउन...

इच्छाकामना गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न

इच्छाकामना गाउँपालिकाको चौथो  गाउँसभा सम्पन्न
कुरिनटार, १७ माघ । इच्छाकामना गाउँपालिकाले दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन् । आज सम्पन्न चौथो गाउँ सभामा गाउँपालिकाले एमबिबिएसमा अध्ययनरत शुष्मा गुरुङ र इन्जिनियर तर्फ सन्तोष थापा क्षेत्रीलाई जनही रु ५०/५०हजारका दरले वितरण गरेका हुन् । उनिहरुको अभिभावकलाई गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्नुभयो । यसैबीच गाउँसभाले दुई जना कर्मचारीलाई सम्मान गरिएको छ । जिम्मेवारीको अतिरिक्त अन्य थप भूमिका समेत निर्व...

भोलिबाट सुरु हुने आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवको मन्त्री चुमानले उद्घाटन गर्ने

भोलिबाट सुरु हुने आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवको  मन्त्री चुमानले उद्घाटन गर्ने
आँबुखैरेनी, १६ माघ । यही माघ १७ गते अर्थात भोलिबाट माघ २७ गते सम्म संचालन हुने आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषदको आयोजनामा आँबुखैरेनी–३, सैबोटेमा हुने महोत्सवको अन्तिम तयारी बारे आज पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका प्रवक्ता मिलन भूजेलले जानकारी दिनुभएको छ । महोत्सवको एक समारोहकाबीच भोलि दिउसो १ बजे गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनम...

तनहुँको आँबुखैरेनीमा अवैध लागु औषध सहित एक जना पक्राउ

तनहुँको  आँबुखैरेनीमा अवैध लागु औषध सहित एक जना पक्राउ
तनहुँ , १६ माघ । आँबुखैरेनीबाट बुधबार प्रहरीले अवैध लागु औषध सहित १ जना लागु औषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा शहिद लखन गाउँपालिका १ घर भै तनहुँको आँबुखैरेनी गाउँपालिका ३ शान्तिटोल बस्ने २६ वर्षिया रमेश घले रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक महेशराज पाठकले जानकारी दिनुभएको छ । प्रहरीले दिएको जानकारी अनुसार शंकास्पद अवस्थामा आँबुखैरेनी चोकमा हिडिरहेको अवस्थामा घलेलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा निजले लागुऔषध कारोवार गर्ने...

मुख्यमन्त्री पौडेलले भने– शहीदको योगदानको सम्मान गरौँ

हेटौँडा, १६ माघ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो । हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल न...

प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने

प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने
गोरखा,१५ माघ । प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । श्री नव स्मृति यूवा परिवार सहिद लखन गाउँपालिका वडा न.४ जुग्दी राईनाशको आयोजनामा प्रतियोागिता हुने भएको हो । यूवाहरु नै सामाजिक परिवर्तनको वाहक हुन् भन्ने मूल नाराका साथ सहिद लखन गाउँपालिका ४ जुग्दी राईनाशको खेल मैदानमा फागुन १८ गते देखि २० गते सम्म प्रतियोगिता संचालन हुने श्री नव स्मृति यूवा परिवारका अध्यक्ष लक्ष्मण काप्रीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले रु. ५० हजार नगद ट्रफी , मेडल र प्रम...

बोल्नै नसक्ने अवस्थामा अनशनरत डा केसी

बोल्नै नसक्ने अवस्थामा  अनशनरत डा केसी
काठमाडौं,१५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । आगन्तुकहरु हेरेरै फर्किन्छन् ।२० दिनदेखि अनशनतर डा। गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किदैन् । मुस्किलले साउती गर्छन् । परेता पाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन् । नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिती बुझेर काम गर...