तनहुँ , १६ माघ । आँबुखैरेनीबाट बुधबार प्रहरीले अवैध लागु औषध सहित १ जना लागु औषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा शहिद लखन गाउँपालिका १ घर भै तनहुँको आँबुखैरेनी गाउँपालिका ३ शान्तिटोल बस्ने २६ वर्षिया रमेश घले रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक महेशराज पाठकले जानकारी दिनुभएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शंकास्पद अवस्थामा आँबुखैरेनी चोकमा हिडिरहेको अवस्थामा घलेलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा निजले लागुऔषध कारोवार गर्ने गरेको स्वीकार गरेको हो ।
पक्राउ परेका घलेले बताए अनुसार घलेको कोठामा खानतलासी गर्दा प्रहरीले डाईजेल्याव ९६ एम्पल, फेनागन ८६ एम्पल र बुफिन ९५ थान गरी २७७ एम्पल अवैध लागुऔषध बरामद गरेको छ । प्रहरीले घलेको साथबाट २४ हजार २ सय ३० रुपैया नगद पैसा समेत बरामद गरेको छ ।