देश / समाज

गोरखामा प्रभावकारी बन्दै नेपाल आवास पुर्ननिर्माण परियोजना

दान बहादुर गुरुङ गोरखा, १४ माघ ।नेपाल आवास पुननिर्माण परियोजना सुरु भएपछि गोरखाको गण्डकी गाउँपालिकामा पुननिर्माणले गति लिएको छ । भारत सरकारको आर्थिक सहयोगमा यूएनडिपी र ओडीआरसीको समन्वयमा नेपाल आवास पुर्ननिर्माण परियोजना सुरु भएपछि गोरखाको गण्डकी गाउँपालिका सहित जिल्लाका अन्य स्थानिय तहहरुमा पुननिर्माणले गति लिएको हो ।   वि.सं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र स...

आँबुखैरेनीमा कार्यकर्तासंगको भेटमा वरिष्ठ नेता नेपालले भने- सरकारको कामको प्रचार हुन सकेन

आँबुखैरेनी , १३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्...

बसमा युवतीमाथि वीर्यपात गर्ने को हुन् ? बस प्रहरीको नियन्त्रणमा

काठमाडौं, १२ माघ । सार्वजनिक बसमा युवतीमाथि वीर्यपात भएको घटनामा प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियोमा पछिल्लो सिटमा बसेका युवकले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिहेको देखिन्छ । भिडियोमा युवक– युवती दुवैको अनुहार देखिँदैन । ती युवती आफूमाथि भइरहेको गतिविधिबारे अनभिज्ञ देखिन्छिन् । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ । प्र...

देशका अधिकांश स्थानमा वर्षा

देशका अधिकांश स्थानमा वर्षा
काठमाडौं, १२ माघ ।देशका अधिकांश स्थानमा वर्षा भइरहको छ । पश्चिमी वायुको कारण केहीदिनबाट मुलुकभरको मौसममा परिर्वतन आएसंगै शुक्रबार अपरान्हबाट अधिकांश स्थानमा वर्षा भएको हो । त्यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो । शुक्रबार रातिबाट शुरुभएको वर्षासँगै उपत्यकाको फुल्चोकी, चन्द्रागिरी जस्ता उच्च पहाडहमा हिमपात भएको छ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसमा सुधार शुरु भईसकेको र आइतबार बिहानबाट काठमाडौ...

प्रतिनिधिसभाको बैठक बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत

प्रतिनिधिसभाको बैठक बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत
काठमाडौं,११ माघ । प्रतिपक्षीको विरोधका बावुजत संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले आज राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो । सचिवालयले यो बाहेक आजको बैठकका अन्य कार्यसूची तय गरेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुरमहराले विधेयक पारित गर्नेृ प्रक्रिया अघि बढाउन सकेका थिएनन् । मंग...

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट १९ अर्ब बढी मुअब्जा वितरण

बूढीगण्डकी  जलविद्युत्  आयोजनाबाट १९ अर्ब बढी मुअब्जा वितरण
गोरखा, १० माघ । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण सुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उनले बताए । आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्...

बन्द रहेको गोरखकाली रबर उद्योग चलाउन चिनिया“ लगानीकर्ताको चासो

किरण लोहनी गोरखा, १० माघ । ४ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि चिनियाँ लगानीकर्ताहरुले चासो देखाएका छन् । गोरखकाली सहित बन्द रहेका पाँच उद्योग सञ्चालन गर्ने सरकारको तयारी सँगै चिनियाँ लगानीकर्ताले रबर उद्योग सञ्चालनमा चासो देखाएका हुन् । एक महिनाको अवधीमा दुईवटा छुट्टाछुट्टै टोलीले रबर उद्योगको भ्रमण गरिसकेको छ । एक महिनाअघि चिनियाँ सरकारी टोलीले उद्योगको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पनि...

चितवनमा सवारी दुर्घटना : छ महीनामा ९१ को मृत्यु

चितवनमा सवारी दुर्घटना :  छ महीनामा ९१ को मृत्यु
चितवन, १० माघ । जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्क...

प्रदेश ३ सरकारले माघ १६ गते सार्वजनिक बिदा दिने

हेटौँडा, १० माघ । तीन नम्बर प्रदेश सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको बिधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस ग...

इच्छाकामनामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते

इच्छाकामनामा भएको  छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते
कुरिनटार, ९ माघ । मंगलबार साँझ देखि परेको झरीसंगै पृथ्वीराजमार्गमा सवारी दुर्घटना बढेको छ ।  गएराती ११ : ३० बजे पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपािलका वडा न. ३ फिस्लिङमा दुई वटा ट्रक एकआपसमा ठोक्किदाँ ४ जना घाईते भएका छन् । घाईते मध्ये एक चालकको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनिहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ९७०६ नम्बर को मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ६ख ९...