आँबुखैरेनी, २५ माघ । आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा शुक्रबार बर्षाका बावजुद पनि दर्शकहरुको सहभागिता उत्साजनक रहेको आयोजकले जनाएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्व्य परिषद आँबुखैरेनीको आयोजनामा आँबुखैरेनी–३, सैंबोटेमा जारी महोत्सवको बाँकी दिनहरुमा पनि दर्शकहरुको उत्साजनक सहभागिता तथा माया रहने अपेक्षा गरिएको छ ।
महोत्सवका प्रवक्ता मिलन भूजेलले महोत्सव सफल पार्नको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अहिले सम्म सहयोग गर्नुहुने तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिदै, महोत्सवको बाँकी दिनहरुमा सहयोग र साथ साथै बिबिध सांस्कृतिक कार्यक्रम, कृषिका स्टल, व्यापारीक स्टल, बाल उद्यान, खानाका परिकारका स्टल, विभिन्न जनजाती घरका स्टलहरुको अवलोकन गरिदिन सम्पूर्णमा आग्रह गर्नुभएको छ । महोत्सवमा शुक्रबार मात्र ६ लाख रुपैंया बराबरको आर्थिक कारोबार भएको छ । त्यस्तै, शुक्रबार ५ हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता भूजेलले जानकारी दिनुभएको छ ।
महोत्सवमा शुक्रबार चर्चित गायक तथा मोडल दुर्गेश थापा, लोकदोहोरी गायक राजन कार्की लगाएत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । यसैगरी, माघ २५ गते शनिबारका दिन चर्चित लोकदोहरी गायक प्रकाश सपुत, चर्चित पप गायक हरिकर्माचार्य, लोकदोहोरी गायिक कमला गैंरे, स्थानीय चर्चिच लोकदोहोरी गायकहरु पृथ्वी गुरुङ्ग, चन्द्र परियार, मेरी बास्सैं टेलिश्रङ्गखलाका हास्य कलाकार भटभटे माईला लगाएतको प्रस्तुती रहने बताईएको छ ।