खानेपानी मन्त्री विना मगरले ११ महिनामा के–के गरिन् ?
काठमाडौं– खानेपानी मन्त्रालयले करिब ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । सो मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ ।
२०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भनेको छ । मेलम्ची आयोजना राष्ट्रिय गौरवको आयोजना हो । २७ वर्षदेखि सुरु भएको मे...