डोल्पा,

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार भएको छ । डोल्पा काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढाको उद्धार गरिएको हो ।

बुढालाई सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाइएको हो ।

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत पछिल्लो समय दुर्गम क्षेत्रका सुत्केरी महिलाहरुले राहत पाएका छन् । रासस