कुरिनटार,५फागुन केही दिन देखि बदली भयको मौसम अन्तर्गत हिजो बेलुका मेघ गर्जन सहि अधिकांस स्थानमा पानी परेको छ। पानी संगै परेको चड्कनेले देशै भर क्षति पुरायको खबर आइरहदा चितवनको चेरेश देखि मनकामना मन्दिर सम्म भक्तजन तथा यात्रु वसार पसारको सुबिधा युक्त साधन केबल कार पनि हिजोको खराब मौसम को चपेटामा परेको छ। चड्कनेले मनकामना दर्शन प्राली द्वारा संचालित केबलकारमा क्षति भय पछि आज आइतबार केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनायको छ।एक्कासि सेवा बन्द गर्न परे पछि भक्त जन तथा यात्रु हरु सङ मनकामना दर्सन प्रालीले क्षमा मागेको छ। दैनिक हजारौले प्रयोग गर्ने केबलकार सेवा पुर्ब जानकारी बन्द हुने भय पछि यात्रा को लागि आउने तथा हिजै मनकामना पुगेर उतै बसेका यात्रु समस्यामा पर्ने देखियको छ।