गोरखा, २९ साउन  : सहिद लखन गाउँपालिका वडा नम्बर ४ले घरघरमै पुगेर अपाङ्ग परिचयपत्र नविकरण गरेका छन् । मङ्गलबार र बुधबार  डाक्टरसहितको स्वास्थ्य टोलीले ३१ जना व्यक्तिहरूको ‘क’,‘ख’ र ‘ग’ वर्गको अपाङ्ग परिचयपत्र नवीकरण गरेका हुन् । सो अवसरमा नयाँ अपाङ्गता भएका बिरामीहरूको पहिचान पनि गरिएको वडा कार्यालयले जानकारी दिएको छ।  साथै ४० जनाको स्वास्थ्य जाँच समेत गरिएको थियो ।

35f4cdea-7e10-4d40-90bd-9ac7afd257a81755144135.jpeg
झरीका बीच स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ,स्वास्थ्यकर्मी, वडाध्यक्ष यम बहादुर थापासहित जनप्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरू सक्रिय रुपमा फिल्डमा खटिनुभएको थियो ।
स्वास्थ्य सेवामा पहुँच बढाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न यो अभियान सञ्चालन गरेको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । उहाँले कठिन मौसमका बाबजुद खटिनुभएका स्वास्थ्यकर्मी,स्वंयसेवक,कर्मचारी र जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । साथै अशक्त बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्नुभयो ।
यस अभियानमार्फत अपाङ्गता भएका नागरिकले समयमै परिचयपत्र नवीकरण गरी आवश्यक सुविधा र सहयोग पाउने अपेक्षा गरिएको छ।