गण्डकी,२१ साउन : गोरखाको गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा खर्च सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।बुधबार गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को अध्यक्षतामा गण्डकी गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका पूर्वध्यक्ष होम बहादुर राना, विभिन्न राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले राखेका प्रश्नको तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना‘साकार‘ उपाध्यक्ष ललिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाई, विभिन्न शाखाका प्रमुख लगायतले उत्तर/जवाफ दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जनताको गुनासो तथा सल्लाह सुझाव लिन र कमजोरीहरुलाई सुधार गरि जनताको सेवालाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको खटाई र एकताले हाल सम्मकै धेरै वित्तिय प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । आगमी बर्षमा थप नतिजा हासिल गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुशान र समृद्धिका लागि गण्डकी गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाइँले बार्षिक प्रतिवेदन तथा खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा ८६.२१ वित्तिय प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । जसमध्ये चालु तर्फ ८६.६३ र पुँजीगत तर्फ ८५.२८ रहेको छ । यो गण्डकी गाउँपालिकाको हाल सम्मकै धेरै वित्तिय प्रगति भएको उहाँले बताउनुभयो ।सार्वजनिक सुनुवाई कार्यक्रमको सामुदायिक रेडियो इच्छाकामना एफएमले सहजीकरण गरेका हुन् ।
इच्छाखबर संवाददाता












